Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महत र स्वराजबीच भेटवार्ता: ‘विगतमा के भयो बिर्सेर, नयाँ सम्बन्ध’ 

prakash-saran-and-sushma-swaraj

काठमाडौं, २७ भदौ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले महत र स्वराव भेटको तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘महत्वपूर्ण भ्रमणका लागि आधार तयार गर्दै ।’

भेटमा प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमण र तयारीबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारत जाँदैछन् । त्यसको तयारीका लागि महत आइतबार दिल्ली गएका हुन् ।

‘विगतमा के भयो बिर्सेर विश्वासमा आधारित सम्बन्ध विकसित गर्न चाहान्छौं’ 

प्रधानमन्त्री दाहालको भ्रमणको तयारीका लागि हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशरण महतले भारतीय पक्षलाई सो जानकारी गराएका हुन् । भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा महतले रोकिएका केही ठूला विकासका परियोजनालाई तत्काल अगाडि बढाउन सकेमा यसले दुई देशको सम्वन्धमा एउटा विश्वासको आधार तयार पार्ने जानकारी गराएका छन् ।

भेटघाटपछि महतले नेपालको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको र विभिन्न तहमा यस विषयमा लगातर छलफल गर्ने समझदारी बनेको जानकारी दिए । महतले भेटघाट निकै सौहाद्र्धपूर्ण र फलदायी भएको र आफूले नेपालका एजेण्डाहरुलाई स्पष्टताका साथ राखेको वताए ।

त्यसैगरी विसखापटनम वन्दरगाहमा नेपाली कार्यालय खोल्ने तथा सकेसम्म चाँडो त्यसलाई सञ्चालनमा ल्याउने विषयमा समेत दुई देशको विचमा कुराकानी भएको छ । त्यसैगरी भारतले भर्खरै वाटरवेजहरुको निर्माण धमाधम शुरु गरेकाले नेपालले पनि कोशी र गण्डकी नदीमा वाटरवेज सञ्चालन गर्ने विषयमा कुराकानी भएको छ ।

त्यसैगरी आफूले तल्लो अरुण परियोजनालाई अगाडि बढाउन चाहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश पनि महतले भारतीय पक्षलाई दिएका छन् । यस विषयमा समेत प्रधानमन्त्रीको भारत भ्रमणको समयमा कुराकानी हुने छ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालले विगतमा दुई देशबीच देखिएको असमझदारीलाई बिर्सेर विश्वासको वातावरण सहित नेपाल र भारतको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका छन् ।

आइतबार दिल्ली आए लगत्तै केही भारतीय नेताहरुले उनको सम्मानमा आयोजना गरेको रात्रीभोजमा बोल्दै महतले आफूहरुले विश्वासमा आधारित सम्बन्धको विकास गर्न चाहेको बताए । ‘विगतमा देखिएका असझदारीहरुलाई बिर्सेर हामी राम्रो विश्वासका साथ अगाडि बढ्न चाहान्छौ,’ महतले भने ।

उनले नेपाल र भारतले बेलाबेला सम्बन्धमा देखा पर्ने बाधा, व्यवधान र चुनौतीलाई चिरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले आफू प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको तयारीको लागि दिल्ली आएको र भेटघाटको अवधीमा विविध विषयमा कुराकानी हुने बताए ।उनले सम्बन्धलाई सुमधुर बनाउनको लागि उच्चस्तरको भेटघाट एउटा सुरुवात हुने भन्दै निरन्तर रुपमा वार्ता र कम्युनिकेसनको आवश्यकता रहेको बताए ।

susma

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्