Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिष्टले भने डिसीमा एक पैसा अपचलन भएको छैन !

img_3731विजय थापा ,वाशिंगटन डिसी  l नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाले आयोजना गरेको विपी जयन्ती कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले समितिमा अब एक पैसा पनि अब अपचलन नभएको बताए l

उनले उक्त कुरा बिपी जयन्तीमा पूर्व वक्ताहरुले नेपाली जनसम्पर्क समितिले भुकम्प पिडित को लागि अमेरिकामा बाट उठाईएको रकम अपचलन भएको सवालमा उक्त कुरा को जवाफ दिने क्रममा भनेका हुन् l

मन्तब्यको क्रममा बिष्टले बिपी कोइरालाको बारेमा चर्चा गर्दै भूकम्प  पिडितको घटनाको सवालमा म सम्पूर्ण रुपमा जिम्मा लिदै म क्षमा माग्छु किनभने म नेतृत्वमा छु भने l उनले अगाडी जो सुकैले गरे पनि आफु मुर्धन्य पदमा हुँदा यस्तो आरोप टाउकेलाई लाग्ने हुनाले त्यो कुरामा आफु फुत्कन मिल्दैन भने l बिष्टले १५ महिना लगाएर हिनामिना भएको रकम कोषाध्यक्ष संग लिएको बताए l आफुले विश्वास गरेको व्यक्तिबाट ठुलो धोका भनेको भन्दै परदेशमा विश्वासमा काम गर्नाले अप्ठ्यारो स्थितिआई परेको बताए l

उनले जनसम्पर्क समिति प्रति लागेको आरोप र प्रत्यारोप बारेमा स्पस्टिकरण दिदै उनले ९ पटक लगाएर ४५  हजार उठाएको बताए l अहिले हामी संग एक पैसा पनि हिनामिना नभएको बताउदै पूर्व साथीहरुले संस्थालाई अमेरिकाको ५०१ (सी )३ मा पनि दर्ता नभएको खुलाशा गरे l तर अहिले सबै भै सकेको बताए l बिष्टले म मा कुनै स्वार्थ छैन भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताए l उनले अगाडी भने अमेरिकामा जन सम्पर्क समितिमा जहिले पनि बिबादै विवाद हुनाले आफुले संगठनमा दिने समयमा परिवारलाई दिएको भए यस्तो आउने थिएन भने l

बिपी जयन्ति कार्यक्रममा कविता बाचन तथा स्वर्गिय कोइरालाको व्यक्तित्व सम्बन्धी बिभिन्न व्यक्तिहरुले आफ्ना विचार पोखेका थिए l पूर्व सह संयोजक बेद खरेलले भूकम्प पिडितको नाममा उठेको रकम कसरि निकालिएको बारेमा चर्चा गरेका थिए l जस्को जसको कारण हामी बदनाम भएको बताए l समितिका उप सभापति धर्म श्रेष्ठले पनि दुख व्यक्त गर्दै नेपाली जनसम्पर्क समितिमा भूकम्पको लागि उठेको रकम उठाई सकिएको बताए l

शाखा सभापति रामशरण हुमागाईको सभापतित्वमा बिपी जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको थियो भने उनले कविता वचन सहित सभा बिसर्जन पनि गरेका थिए l गत सेप्टेम्बर १० तारिख शनिबार रक्तदान कार्यक्रम गर्न उपसभापति द्वय टंकनाथ दाहाल र दीपक राना, कार्यसमिती सदस्यहरु केदार प्रशाद तिम्सिना, बुद्धिप्रसाद पौड्याल र यमकुमार सिटौला समेतको समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो l

उक्त बिपी जयन्तीमा नेपालबाट विश्व भ्रमण गर्दै डिसी महानगर आई पुगेका दुई साईकल यात्रीहरु अमृत बराल तथा अजित बराललाई सम्मान समेत गरिएको थियो l  उनीहरु बाताबरण संरक्षण तथा एचआईभि सम्बन्धि जनचेतना लागि विश्व ब्यापी साइकल यात्रामा निस्केको बताएका थिए l

जन्मजयन्ती कार्यक्रममा बिगत बर्षहरुमा झैं डिसी महानगर क्षेत्रका नेपाली समुदायका संघ संस्थाका पदाधिकारी ,सदस्यहरु, सञ्चारकर्मी, बिद्यार्थी, साहित्यकार लगायतको सहभागिताका रहेको थियो l

शाखाका पदाधिकारी किरण लामाले धन्यबाद ज्ञापन गरेका थिए भने केदार प्रसाद तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए l

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्