Logo
८ बैशाख २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिंकु मिश्रको विचार: कामरेड ‘हम काले है तो क्या हुआ दिलवाले है’

रिंकु मिश्र 'गायत्री'
रिंकु मिश्र ‘गायत्री’

काला रंग भएका भगवान कृष्णको गोरा छालाले रातभर जाग्राम बसेर पुजा गरेका सबैले देख्छन् छन् । मर्यादा पुरुषोत्तम भगवान राम कालो वर्णको भएपनि कसम उँहाकै नाउँको खाने गोरा छालालाई अचेल काला छालाबाट छोइने डरले च्यापेको छ कि ? कालो टिका अझै हाम्रो समाजमा खराब नजर बाट बाच्ँन र बचाउँन बच्चालाई लगाईन्छ ।

तथा कालो टिका लगाएको बच्चालाई कसैले किन कालो टीका लगाएर बालकलाई कालो बनाईयो प्रश्न गरेको सुन्या छ र ?? कालो दाल जसलाई मासको दाल र मधेशमा उरिदको दाल भनिन्छ हाम्रो समाजमा भोजभतेर गर्दा आवश्यक पर्ने दाल सर्वविदितै छ । किन कालो दाल शुभ कार्यमा बनाइयो भनेर हाम्रो तिर पंडित जी र मास्तिरका गुरुबा ले सोधेको मैले त अहिले सम्म सुनेको छैन् ।

आखिर कामरेड शंकर पोखरेललाई किन मधेशीहरु कालो र कालै भएको आधारमा कालो दिवस मनाउन लागेको भान भयो ? मेरो खुला प्रश्न कामरेड पोखरेल सँग के कालो हँुदैमा कसैले कालो दिवस मनाउँछ त ? त्यसो भए पहाडका गोराहरु भन्दा पनि गोरा अर्थात् खैरेहरुले कालो दिवस कहिले मनाएका छैनन् त ? के पहाड तथा हिमाली गोराहरु श्वेत वस्त्र मात्र धारण गर्छन त ? के उनीहरुले विरोध गर्दा हाथ,टाउकोमा कालोपट्टी बाँधेका छैनन् त ? के उनीहरुले काला दिवस मनाउदैनन र?? के कालाहरु सँग कामरेड टाँढै बस्छन् त ?

के कामरेड साउथ अफ्रिकन हरु सँग बोल्दैनन् वा छोईन्छन् त ? कामरेड मैले सुने अनुसार कम्युनिस्टहरु त जातपात, रंगभेद, छुवाछुत मान्दैनन् फेरी तपाईको मनमा किन यो रंगभेदको आँधी चल्यो त कामरेड ? यसको अर्थ के बुझौं कामरेड ,तपाई भनाउने कम्युनिस्ट मात्र हुनुहुन्छ वा कम्युनिस्ट विचार विरोधी एमाले नेता ठहरिनु भयो हौ ? काला मधेशीहरुलाई देशविरोधी भन्दा भन्दै आफ्नै पार्टीको नीति नियम बिर्सिनुभयो वा एमाले संवेदनाहिन पार्टी हो प्रमाणित गर्न खोज्दै हुनुहुन्छ पोखरेल कामरेड ?

कामरेड तानाशाहको विरुद्धमा लड्दा लड्दै तपाईको पार्टीले तानाशाह नै जन्माउन थालेका छन् र मधेशका बासमती तथा मसिनो चामल खाएर मधेशलाई नै सखाप पार्ने फोर्स तैयार गरिरहेको प्रमाणित गरिरहेका छन् । तर याद रहोस् कामरेड ‘हम काले है तो क्या हुआ दिलवाले है ’ यसको प्रमाण चाँहि हामिले दिईरहनु पर्दैन् कामरेड । हाम्रै मधेशको अन्न खाएर हाम्रै मधेश शपुतहरुलाई गोली हान्ने तपाई जस्ता तानाशाहलाई हामी हाम्रो मिहिनेतको फल खुवाएर जानी जानी सर्प पालिरहेका छौँ ।

सावधान कामरेड २५० वर्ष देखि ‘मनु मखु मर्सिया ख’ सुनिरहेका यी मधेशीहरुले केहि महिना अगाडि नै तानाशाह तथा कथित राष्ट्रवादहरुको सारा कथित राष्ट्रियता केहि दिनमै लिलाम गरिसकेका छन् नाकाबन्दी गरेर । सो हेपाहा प्रवृतिको अन्त्य गरेर ।  के पहाड, के तराई कोहि छैन यहाँ पराई श्लोगन याद गर्नु नै वेश हुनेछ कामरेड । कारण मधेश आमाले सर्प पाल्न छोडिसकेका छन् । रह्यो कालो दिवस मनाउने कुरो त्यो त मधेशीले मनाउछन् नै कारण यी काला छालामा चेतना,माया,अहिंशा र संवेदना छ कामरेड र त्यही संवेदनाले आफ्नो भाई,भतिज तथा काकी,दिदीको नृशंष हत्या भएको दिनलाई काला दिन मनाउन सिकाएको छ ।

सिकाईरहनेछ कामरेड । गोरा छालाहरुको विषयमा त धेरै थाहा भएन् तर यीनै काला छालाले अझै ती कथित् गोराहरुलाई माफ गर्दै आएका छन् । कारण कालो छालाको रंग मात्रै कालो छ कामरेड । मन त दूध भन्दा पनि सेतो र स्वच्छ छ कामरेड । आफ्नो कालो अभिव्यक्ति ट्विट गरेर तपाईले सेतो छालाको आडमा कालो मन भएको मनुलाई छर्लंग्ग गरिसक्नुभा छ कामरेड पोखरेल ।

जे होस बोलीको गोली चैँ ओलीले मात्र होईन पुरै एमालेले नै चलाउन सिकेको रैछ । कालो रात झैँ कालो भए पनि यी मधेशीहरुले तपाईहरुलाई(गोराहरु) सधैँ उज्यालो प्रकाश नै दिने गरेका छन् र तपाईहरुले जहिले नि यी कालाहरु माथि राताराता आगोको गोला फ्याँक्दै आउनु भा छ । प्रमाणित गरेकोमा धन्यवाद तथा कालाहरुका तर्फबाट काला सलाम !!! जय काला,जय काली !!!!

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्