Logo
१५ बैशाख २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत जानुपुर्व प्रधानमन्त्री प्रचण्डले गरे मोदीको तारिफ !

prachandaindia-1437147359

काठमाडौं २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणका क्रममा भारतसँग विश्वासको नयाँ आधार खडा गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो अन्र्तराष्ट्रिय भ्रमण हो । पछिल्ला वर्षहरुमा नेपाल भारत सम्बन्ध चिसिएको स्वीकार गर्दै उनले नेपाली जनता र आफूले समेत व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वास गरेको बताएका छन् । र, त्यसको आधारमा सम्बन्ध सुधारको प्रक्रिया थालनी गर्ने बताएका हुन् ।

८ वर्ष पहिले प्रधानमन्त्री भएर भारत भ्रमण गरेदेखि अहिलेसम्म तुलना गर्दै प्रचण्डले भने, ‘त्यतिबेला मेरो दिमागमा क्रान्ति र युद्धको निकै ठूलो प्रभाव थियो । मलाई राजनीतिका समस्याहरु बुझ्न धेरै समय आवश्यक थियो । पछिल्ला दशकमा भोगेका आरोह अवरोहका कारण थप परिपक्वताका साथ मैले दुई देशको सम्बन्धलाई बलियो बनाउन सक्छु भन्ने विश्वास छ ।’

हिन्दुस्तान टाइम्ससँगको अन्र्तवार्तामा उनले मधेसी जनताका संविधान बारे गुनासो र ती समस्यालाई समाधान गर्ने तरिकाबारे जानकारी दिएका छन् । यसका साथै उनले आफ्नो भारत भ्रमणका आशा र चीनको भूमिकाबारे पनि कुराकानी गरेका छन् । विगतलाई हेर्दा दुई देशबिच आपसी शंका बढ्नुका कारण संविधान लेखनका क्रममा देखिएको भिन्नता भएको प्रचण्डले बताए । ‘सबैलाई संलग्न गराउने उद्देश्य भएता पनि संविधानमा शत प्रतिशत सहमती पाउनु निकै गाह्रो थियो,’ उनले भने ।

भारतीय प्रधानमन्त्री मोदी र आफ्नो सोच्ने तरिका समान भएको र केमेस्ट्री पनि मिल्ने प्रचण्डले बताएका छन् । ‘परिस्थिति र सिद्धान्त फरक भए पनि त्यो ठूलो कुरा होइन । मोदीजीमाथि नेपाली जनता र मेरो विश्वास छ, अब हामीले यो विश्वासमाथि ध्यान दिँदै त्यसलाई सुधार गर्नेतिर अघि बढ्नुपर्छ,’ उनले भने । आफूजस्तै मोदीले पनि परम्परालाई तोड्ने ‘जोखिम’ मोल्न सक्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणको निम्ता दिने समेत बताए । सन् २०१४ मा पनि मोदीले यी क्षेत्रको भ्रमण गर्न चाहे पनि त्यतिबेला त्यो सफल भएको थिएन । उनले चीन नेपाल–भारतसम्बन्धको कारक नभएको बताए । सैद्धान्तिकरुपमा तपाईं भारतभन्दा चीनसँग नजिक हो भन्ने प्रश्नमा प्रचण्डले चीनका लागि सिद्धान्तभन्दा पनि अहिले अर्थतन्त्र महत्वपूर्ण भएको बताए । प्रचण्डले भारत भ्रमणअघि संविधान संशोधनको प्रस्ताव दर्ता गर्न आफूले चाहेको समेत जिकिर गरे ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्