Logo
१२ बैशाख २०८१, बुधबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जथाभावी गर्भपतनले यसरी थप्दै छ जोखिम, यस्ता छन ८ खतरा

garwpatan
काठमाण्डौ  । साउन अन्तिम हप्ता बेनीस्थित जिल्ला अस्पतालमा आएका एक दम्पती तनावमा थिए । दुई सन्तानका अभिभावक बनिसकेका करिब तीस वर्ष हाराहारीको यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ । उनीहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई तुहाउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरण मात्रै हो म्याग्दीमा बढ्दो क्रममा रहेको गर्भपतन गर्ने दम्पतीहरुको । म्याग्दीका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र बच्चा जन्माउनेहरुको सङ्ख्या समान जस्तै देखिनुले गर्भपतनको सुविधाले विकृत रुप लिन लागेको सङ्केत गर्छ ।

गर्भपतनलाई परिवार नियोजनको सजिलो साधनको रुपमा लिइँदा गर्भपतन गर्नेको वृद्धिसँगै प्रजनन् स्वास्थ्यमा जोखिम देखिएको चिकित्सकहरुले बताएका छन् । परिवार नियोजनका साधन नअपनाउने तर गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाउँदा प्रजनन् स्वास्थ्यमा चुनौती देखिएको हो । पछिल्लो चार वर्षको अवधिमा जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या एक हजारले बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा एक हजार २८१ जनाले गर्भपतन सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक वसन्त पोख्रेलले बताए ।

उनका अनुसार सोही अवधिमा स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ्ख्या एक हजार ३८१ छ । गर्भपतन गराउनेको यो सङ्ख्या सरकारी स्वास्थ्य संस्थाहरुको मात्र हो । निजी अस्पताल, जिल्ला बाहिर गएर तथा गर्भमै लिङ्ग पहिचान गरी भ्र्रूण हत्या गर्नेहरुको लेखाजोखा नै छैन । सूचीकृत नभएका अवैध निजी क्लिनिकबाट गर्भपतन गराउनेहरुको स्वास्थ्य जोखिमपूर्ण हुन्छ । आर्थिक वर्ष २०६९र७० मा स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या २८१ जना रहेकामा २०७०र७१ मा ७८० जना र २०७१र७२ मा एक हजार १५६ जना थियो । गर्भपतन गर्नेमा धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका छन् ।

नेपालको कानुनले महिलाले चाहेको अवस्थामा १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यवस्था गरेको छ । बेनीस्थित जिल्ला अस्पताल, बेनी हस्पिटल एन्ड रिसर्च सेन्टर र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र १२ हप्तासम्मको गर्भपतन गराउन पाउने अनुमति प्राप्त स्वास्थ्य संस्था हुन् । लुलाङ, सिङ्गा, भुरुङ तातोपानी, पिप्ले, ताकम, भकिम्ली, रुम, ज्यामरुककोट, पाखापानी, शिख, भगवती र अर्मनस्थित सरकारी स्वास्थ्य संस्थाले नौ हप्तासम्मको मात्र गर्भपतन गर्न पाउँछन् ।

जिल्ला अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन गराउन एक हजार रुपैयाँ र अन्य स्वास्थ्य संस्थामा पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ । गर्भपतन गर्नेको पहिचान गोप्य राख्ने गरिन्छ । औषधिको सहायताले मेडिकल र सर्जिकल विधिबाट गर्भपतन गराउने काम हुन्छ ।
गर्भपतन सेवा सहज र सर्वसुलभ हुँदा असुरक्षित रुपमा जथाभावी गर्भ फाल्ने घटना घटेपनि सेवा लिनेको सङ्ख्या अस्वाभाविक रुपमा बढ्नु चुनौती भएको जिल्ला स्वास्थ्य कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक सिनियर अनमि लीला गौतमले बताइन् ।
“सुविधा छ भनेर परिवार नियोजनका साधन नअपनाउने र अनिच्छित गर्भधारण गरी गर्भपतन गराउने गर्दा समस्या देखिएको छ,” गौतमले भने – “सुविधालाई दुरुपयोग गरिँदा जनस्वास्थ्यमा जोखिम बढेको छ ।”

अनिच्छित गर्भका कारण शारीरिक, पारिवारिक र सामाजिक असर पर्ने अवस्थामा अन्तिम विकल्पको रुपमा सरकारले दिएको गर्भपतनको सुविधालाई धेरैले परिवार नियोजनको साधन बनाएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार धेरैजसो दम्पती परिवार नियोजनप्रति संवेदनशील नबन्ने र सजिलो साधन अपनाउन झन्झट मान्दा गर्भपतनसम्मको बाध्यता आइलाग्ने हुन्छ । लामो समयसम्म टाढिएका दम्पती भेट हँुदा एक अर्काबीच अविश्वास तथा शङ्का पैदा हुने डर रहन्छ र एकको अनुपस्थितिमा परिवार नियोजनका साधनको प्रयोग विना रहन पुगेको अनिच्छित गर्भ तनावको कारण बन्ने गरेको छ । गर्भपतनको मुख्य कारण परस्त्री वा परपुरुषसँगको शारीरिक सम्बन्ध हो ।
मेलाजात्रामा हुने आकस्मिक भेटघाट र हतारको माया प्रेमसँगै हुने गल्तीले पनि कतिपय अविवाहित युवती तथा किशोरीहरुसामु गर्भपतन गर्नुपर्ने नौबत आइलाग्छ । जबर्जस्ती करणी पनि रहने अनिच्छित गर्भ अर्को कारण हो । लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या पनि उत्तिकै छ ।
पश्चिमाञ्चल विकास क्षेत्रमा गर्भपतन गराउनेहरुको सङ्ख्याको आधारमा म्याग्दी पाँचौ स्थानमा छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले बीस वर्षभन्दा कम उमेरमा गर्भपतन गर्ने, दोहो¥याएर गर्भपतन गर्ने र जथाभावी औषधि सेवन गर्ने जस्ता कारण स्वास्थ्य समस्या उत्पन्न भई अस्पतालमा पुग्नेहरुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको देखाएको छ । आर्थिक वर्ष २०७१र७२ मा बीस वर्ष भन्दा कम उमेरमा गर्भपतन गराउनेको सङ्ख्या १०९ रहेकामा २०७२र७३ मा यो सङ्ख्या ११६ पुगेको छ । मेडिकलको तुलनामा सर्जिकल विधिबाट गरिने गर्भपतन जोखिमयुक्त मानिन्छ । आर्थिक वर्ष २०७२र७३ मा १४६ जना निजी क्लिनिक र औषधि पसलमा गर्भपतन गराई स्वास्थ्य समस्या देखिएपछि सरकारी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षमा ६५ थियो ।

जथाभावी गर्भपतनका ८ खतरा: 
-असुरक्षित गर्भपतन गर्दा पछिल्लोपटक गर्भ बस्न समस्या हुन्छ ।

-असुरक्षित गर्भपतन गर्दा संक्रमण भई पाठेघरको नली नै बन्द हुनसक्छ ।

-असुरक्षित गर्भपतनले पाठेघरमा बच्चाको कुनै भाग रहने र रगत बग्ने हुनसक्छ ।

-लगातार रगत बग्दा संक्रमण भएर पछि बच्चा नै नबस्ने खतरा रहन्छ ।

-बच्चा पाउन रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।

-गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्नु उचित होइन ।

-धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । –

यस्तो अवस्थामा बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्