Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रवार बिहान त्रिशूली नदीमा फेरि ट्रक खस्यो

truck-accident-in

२४ भदौ चितवन ।  त्रिशूली नदीमा फेरि ट्रक खसेको छ । शुक्रवार बिहान ११ बजेतिर ट्रक चितवनको दारेचोक–३ घोप्टेभीरबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक सडकबाट झन्डै एक सय ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक खसेको स्थान नजिकै ना ३ ख ६०१७ नम्बरको नम्बर प्लेट भेटिएको भएपनि सोही ट्रकको भए नभएको पुष्टि हुन सकेको छैन ।

ट्रकमा रहेका चाउचाउ र बिस्कुट छरिएको अवस्थामा भेटिएको छ। प्रहरीको टोलीले अहिले घटनास्थल पुगेर उद्धार गरिरहेको छ ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्