Logo
११ बैशाख २०८१, मंगलबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रजस्वला र ऋषि पञ्चमीको कनेक्सन: ‘सुनौलो दिन’ VS ‘कालो दिन’ !

फाइल तस्विर
फाइल तस्विर !

इन्द्र आचार्य । हिन्दुत्व अर्थात जिवन वाँच्ने एक निर्देशिका, जसले विभिन्न सस्कारहरुले भरिएको पद्धतीले जीवनको मार्ग देखाएको छ । जसले त्यो समयदेखि अहिलेसम्मका मानवीय व्यवहारको सहजताको उपज संस्कारहरु बनाएको प्रष्ट छ । तर जुन आजसम्म आइपुग्दा केही परिमार्जनको अति जरुरी हुन्छ । तर हामी समाजका बुझक्कड भनाउँदाहरु नै त्यस्ता संस्कारलाई यो आधुनिक विश्वमा समेत जस्ताको तस्तै अनुशरण गरिरहँदा जसले आजको मानवीय समाजका लागि चरम शोषण र पिडा दिने माध्यम बनिरहेका छन् । त्यसको उदाहरण हो महिलाको रजश्वला बार्ने प्रथा । महिलाको मासिक धर्म, पन्छिने, राजश्वला, छाउपडी र राजोधर्मका रूपमा हिन्दु संस्कृतिमा प्रचलित परम्परा आज निकै आलोचनाको विषय बनेको छ । जसलाई पूर्व जन्मको कुकर्मको पाप भनेर धार्मिक शास्त्रले भनेको छ भन्दै अपब्याख्या गर्दै सदियौँ देखि अहिलेका आधुनीक विश्वका हिन्दु नारीलाई चरम यातना दिईदै छ ।

रजश्वला अर्थात फल दिने पुर्व सन्ध्यामा सुनौलो स्वरुप बोकेको फुलको सिर्जना भएको एउटा चक्र जुन सृष्टिका लागि अनुपम छ । यसैलाई पापको रुपमा धार्मिक रुपमा नै बैधानिकता दिन खोजिएको दिन हो । ऋषि पञ्चमी, किनकी यो दिन व्रत बसेर ऋषिहरुको पुजा आराधाना गरे रजस्वला भएका बेला अन्जानवस भएका गल्तिलाई पापको रुपमा बुझाएर मोक्ष प्राप्ति हुन्छ भनेर बुझाइएको दिन हो । रजस्वला पाप हो भन्ने कथा स्तुती बनाएर गलत बुझाइएकाले नै आजपनि रजस्वला भएका नारीलाई छिछिदुरदुर गरिन्छ ।

लेखकः इन्द्र आर्चाय
लेखकः इन्द्र आर्चाय

निश्चय नै शास्त्रहरूमा राजोधर्मका अवस्थामा महिलाहरू अपवित्र हुन्छन् भनिएको छ, तर पाप हो भनिएको कहिकतै पाईदैन । स्मृति र धर्मसिन्धुमा महिलाहरूले राजोधर्म भएका दिनहरूमा दैनिक क्रियाकलापहरू जस्तै पूजापाठ, घरब्यबहार, शारीरिक श्रम, आध्यात्मिक संलग्ता र शारिरीक सुखभोगबाट जोगिन सल्लाह दिइएको छ । यसलाई सामाजिक ब्यबहारमा रुपान्तरण गर्नका लागि मात्र राजोधर्मका चारदिनहरूमा महिला अपवित्र हुने जिकिर गरीएको छ । किनकी त्यो बेलाको पुरुष प्रधान समाजले महिला सहजता हेर्ने पुरुष कमै पाइन्थे । कानुन विधि या वैज्ञानीक आधार थाहा नभएपनि महिलालाई त्यो बेला कष्ट हुन्छ भनेर आरामका लागि त्यो नकारात्मक व्यवस्था राखिएको अनुमान लगाउन सकिन्छ ।

तर त्यही कुरा अप्रभंशहुँदै लोकको व्यहारमा आउँदा महिलाको रजस्वला पूर्वजन्मको कुकर्मको पाप हो त्यो बेला नारी अछुत हुन्छे भनेर बुझाई जुन अझै विद्यमान छ । जसले अझै हाम्रो समाजलाई गाँजिरहेको छ । आमा, दिदि-बहिनी, छोरी-चेली चरम पिडाको शिकार बनेका छन् । महिलाको पाठेघर तथा अण्डासयमा दुई किसिमको हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सीको उत्पादन हुन्छ। ती दुई हार्मोनले संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इडोमेट्रियम) बनाउन र बिगार्न तथा महिनावारी गराउन भूमिका खेलेको हुन्छ। स्वास्थ्य विज्ञानमा पाठेघरको भित्री तहमा हार्मोनहरूको नियन्त्रणमा टुक्रिएका टुक्राहरू योनीमार्ग हुँदै रगत बग्ने प्रक्रिया नै मासिक स्त्रीधर्म हो भनिएको छ । अझ सजिलो बुझ्ने हो भने, गर्भाधान नभएका डिम्बहरु महिलाको योनीवाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो ।  पहिलो पटक हुने महिनावारीलाई (मेनार्की) भनिन्छ भने रोकिएको अवस्थालाई (मेनोपज) भनिन्छ।

कट्टर हिन्दु देवालय जहाँ, रजश्वला भएकी देवीको यौनांग पुजा गरिन्छ {एजेन्सीको सहयोगमा}
कट्टर हिन्दु देवालय जहाँ, रजश्वला भएकी देवीको यौनांग पुजा गरिन्छ {एजेन्सीको सहयोगमा}

महिनावारी हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ। यो एक सामान्य प्रक्रिया भए पनि यसमा विभिन्न किसिमका समस्या उत्पन्न हुने गर्छ। हुन त रजश्वला हुनु महिलाहरूको प्राकृतिक तत्थ्य हो तर आधुनिक विज्ञानले रजस्वला भएका वखतमा महिलाहरूले पूर्णरूपमा दैनिक श्रमबाट विश्राम लिन सल्लाह दिन्छ । रजोधर्मका वखत विभिन्न संक्रमणहरूको खतरा बढी हुन्छ । मनोविज्ञानले यस वखत महिलाहरूमा बढी मानसिक तनाव हुने भन्ने सिद्ध गरिसकेको छ । शास्त्रहरूपनिले जेजस्तो भाषाशैली प्रयोग गरेपनि महिनाका चारपाँच दिन महिलाले अनिवार्यरूपमा विश्राम गर्नुपर्ने नियम बनाएको हो बन्ने सबैको बुझाई हुनुपर्छ । तर यसलाई ब्यबस्थित र अनिवार्यता दिन त्यो बेलाको उत्तम विकल्व भएकै कारण छुवाछुत’को विकास भएको हुनुपर्छ । जुन अहिलेको दुनियाँका लागि गलत छ ।  समाजमा अनेकौ चलन र रीतिरिवाजहरूको निर्माण सम्वन्धित सामाजिक बनावटले निर्धारण गरेको हुन्छ ।

mandir_rajasala

रजस्वलाका विषयमा हिन्दूसमाजका आफ्ना मान्यताहरू विकसित भए र समाजले ती परम्पराहरूलाई मान्यता दियो । विश्वको हरेक मानवसमाज आफ्नो परम्परा र मान्यताका कारण एकआपसमा छुट्टिएको छ । यही परम्पराहरू धर्म र संस्कृतिका रूपमा विकसित भएका छन् । यदि हिन्दू समाजले महिला रजस्वला भएका वखतमा शारीरिकश्रम, पूजाआजा, सामान्य दैनिकीबाट जोगीने ब्यबस्था गरेको छ भने निश्चय नै महिलाहरूको कल्याणका लागि नै हुनुपर्छ । तर अब अहिलेका लागि हैन । छाउपडीका नाममा महिलाहरूलाई गोठमा सुविधाहरूबाट बन्चित गरेर राखिने चलनलाई स्वीकृत गर्न वा उचित हो भन्नु पशुसमानको धारणा राख्नु हो । शास्त्रहरूले त्यो बेला हेलमेल नगराउनु छाइछुई नगराउनु भनेको दैनिक कार्यबाट विश्राम लिनु भनेको हो । तर त्यो पछि असामान्य बन्दै गयो । mandir_rajasala

रजस्वला भएको वेला पनि महिलाले अझै कठोर परिश्रम गर्नु पर्ने यथार्थ हामीबाट लुकेको छैन । त्यो पुरुष प्रधान समाजमा त महिलालाई गरिएको श्रम शोषण, शारिरीक शोषणको त परिकल्पना नै गर्न सकिन्न । यो पनि महिलाउपर अत्याचार नै हो । त्यही अत्याचारलाई कम गर्न ल्याएको सामाजिक ब्यबस्थाको शास्त्रीय रूप बिग्रंदा छाउपडी जस्तो अमानवीय अन्धविश्वास देखिएको हो । पूजाआजा र दैनिक शारीरिकश्रम तथा स्पर्शबाट जोगिन्दा पुरुषलाई भन्दा महिलाहरूलाई नै बढी फाइदा छ भनेर बनाइएको संस्कार आजभोली आएर बेथितीले भरियो । हिन्दू समुदायहरू भित्रै पनि नेवार समुदायमा ‘गुफावसे’ पछि महिनावारी वार्न पर्दैन । त्यसैले यो अप्रभंश भएको हो । विचलन आएर कुप्रथामा परिणत भएको हो । मेरो विचारमा समय सापेक्ष अब संस्कार बदल्नुपर्छ । कामकाजी महिलाहरू, पढ्ने विद्यार्थीहरू ‘पन्छिएकै’ कारण परीक्षा दिनबाट वा अन्य अत्यावश्यक कामबाट वन्चित गराइनु घरपरिवारले हेलाहोचो, छिछिदुरदुर गर्नु अनुचित हो । तर पश्चिमा छाडायौनवादका आडमा परम्परालाई सत्तेसराप गर्नु पनि उचित छैन ।

आजभोलिका प्रबुद्ध महिलाहरूले सांस्कृतिक परिपेक्षको रक्षा गर्दै रीतिरिवाज कायम राख्ने पहल गर्नुपर्छ । अर्काको नक्कल गर्दैमा कुनै समाज विकसित हुन्छ भन्ने सोच पनि गलत हो । ऋषि पञ्चमी, अर्थात नारीहरुले ऋषीहरुको पूजा अर्चन गर्ने विशेष दिन, यो दिन तीजपछि लगतै आउछ । अस्तिको तिजको वर्त लाई हिजोको एकदिन विटमारेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन फेरि त्यहि उत्सर्ग र उत्साहका मनाउने दिन हो । आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुदा आफूवाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएका भए ती कुराहरुका लागि पूजा अर्चना गर्ने दिन हो रुपमा लिइन्छ । मानव श्रृष्टि नारीहरु विना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुतउन्मुख रुपमा हेरेपनि श्रृष्टिको प्रथम र पुण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधानगर्नसक्ने क्षमताको प्रमाण अनि नितान्त प्राकृतिक प्रक्रिया हो । हिन्दु नारीहरुले आफ्नो परिवार र शौभाग्यको रक्षार्थ मनाउने एउटा विशेष दिन आजको ऋषि पञ्चमी हो र आजको दिनमा रजस्वाला सम्बन्धी कुनै दोष या जानअन्जानमा वर्षभरि भएका कुनै रजस्वाला भएका वेलाका गल्तीहरुभए मोचन हुने विश्वास छ ।

शास्त्रहरुले पनि रजस्वाला र यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यान-आकर्षित गर्न ऋषी पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ तर यस्लाई कुनै दोष या पाप भन्दा पनि गुण र श्रृष्टिको कारककारुपमा अभिब्यक्तगर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्रार्थमिक्त दिदै, महिलाहरुलाई रजस्वाला अवधिभर आराम र ख्याल गर्ने वातावरण श्रृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीहरुलाई यसरी वर्णन गरेको छ ।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ॥
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

rajashola_woman
शत्तिकारुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्णकुरामा रहेकी नारीलाई हामी सबैजना हार्दिक नमन टक्राउन चाहन्छौ । अबको परिस्कृत ऋषि पञ्चमीले सबैको कल्याण गरोस् । यही कामना छ । हिन्दु धर्ममा महिलाको मासिक धर्म अर्थात् रजश्वलाको समयलाई अपवित्र मानिन्छ र रजश्वला भएको ४ दिनसम्म महिलाहरुलाई अछुतको व्यवहार गरिन्छ । तर रजश्वला भएका महिलालाई छुन पनि नहुने कुरा उल्लेख गरिएको हिन्दु धर्मशास्त्र भएपनि देवीको हकमा भने यो लागु नहुँदो रहेछ । किनकी दुनियामा एउटा मन्दिर यस्तो छ जहाँ रजश्वला भएकी देवीको पुजा गरिन्छ । हो, भारतको आसामको पश्चिम गुवाहटीस्थित निलाचल पर्वतमा रहेको कामाख्या देवीको पीठमा रजश्वला भएकी कामाख्या देवीको पुजा गरिन्छ । मन्दिर भन्ने बित्तिकै देवी देवताका मूर्ति भएको ठाउँ बुझिन्छ । तर कामाख्या देवीको मन्दिर यो भन्दा नितान्त फरक छ । किनकी त्यो पीठमा पूजाका लागि देवीको मूर्ति छैन । छ त केवल देवीको योनी ।

देवीको यो यौनांगस्वरुपको पत्थर सधै ओसिलो भैरहन्छ । त्यसको कारण हो यसमा मूलको पानी बगिरहेको हुन्छ । मन्दिर भित्र रजश्वला भएको विश्वास गरिने कामाख्या देवीको पुजा हुन्छ तर उक्त मन्दिरमा पुजा गर्नका लागि रजश्वला भएका महिलाहरु भने छिर्न पाउँदैनन् । छिर्न त के बाहिर टेक्न पनि मनाही छ । भारतका ५१ शक्तिपीठमध्ये कामाख्या देवीको पीठ एउटा हो ।

भगवान शिवकी पत्नी सतिदेवीको पाठेघर यहीँ ठाउमा खसेको भन्ने हिन्दु पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । यो शक्तिपीठमा वर्षेनी प्रजनन उत्सव पनि हुने गर्छ जसलाई अम्बुवासी पुजा भनिन्छ । यो समयमा देवी वाषिर्क रजश्वला चक्रमा गएको विश्वास गरिन्छ । यस अवसरमा मन्दिर ३ दिन बन्द हुन्छ र धुमधामका साथ चौथो दिन खोलिन्छ । यो समयमा ब्रम्हपुत्र नदी रातो हुने विश्वास गरिन्छ । देवी रजश्वला भएको र उनैको रगतका कारण नदी रातो भएको जनश्रुती छ । शक्तिपीठ नजिकैको नदीको रातो पानी भक्तजनलाई वितरण गरिन्छ । देवीको रजश्वलाको रगत मिसिएको उक्त पानीलाई निकै पवित्र मानेर मानिसहरुले स्नान तथा सेवन गर्दछन् ।

तस्वीर :- विभिन्न वेबबाट संकलित #सौजन्य जनबोली डटकम 

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्