Logo
७ बैशाख २०८१, शुक्रबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारलाई  प्रधानमन्त्री कार्यालयमाप्रवेशमा रोक !

Pm office

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीको तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको अाजको राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्रीको नयाँ नीति तथा योजनाबारे बुझ्न सोमबार सिंहदरवार पुगेका एक पत्रकारले प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र प्रवेश नै नपाएको गुनासो गरे । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो ।

यसअघि प्रधानमन्त्रीको कार्यालय प्रवेशमा सर्वसाधारणलाई भने भित्रबाट तोक लगाउनुपर्ने अवस्था रहँदै आएको थियो । तर प्रेसलाई त्यस्तो कुनै रोकतोक नभए पनि नयाँ सरकार आएसँगै प्रेसलाई समेत सहज प्रवेश रोकिएको हो ।

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्