Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा धान खेतबाट रसाउन थाल्यो पेट्रोल, विशेषज्ञ निरिक्षण गर्दै (भिडियोसहित)

Sunsari Petrol News 1

नइम अन्सारी, सुनसरी । सुनसरीको नरसिंह गाविसमा धान खेतमा जमिन मुनिबाट पेट्रोलियम पदार्थ जस्तै गन्ध आउने र पानीमा पेट्रोलियम पदार्थको जस्तै तर बस्ने पदार्थ निस्कन थालेको छ । धान खेतको झार फाल्न मजदुरहरुले काम गरिरहेको बेला मजदुरकै खुट्टा मुनिबाट यस्तो पदार्थ भल्भल्ति उम्रन थालेपछि उनीहरुले हल्ला खल्ला गरी गाँउलेहरुलाई बोलाएका थिए ।

नरसिंह गाविस वडा नम्बर ३ को महम्मद इब्राहिम मन्सुरीको धान खेतबाट शक्रवारदेखि त्यस्तो पदार्थ निस्कन थालेको हो । स्थानीय महम्मद ताहिरका अनुसार खेतमा काम गर्ने मजदुरहरुले जमिन मुनिबाट तेल निक्सन थालेपछि हल्ला गरेको र त्यसपछि आफूहरु गएर हेर्दा बास्तवमै डिजल जस्तो गन्ध आउने पदार्थ जमिन मुनिबाट भुल्का छाडेर निक्किरहेको पाईएको थियो ।

खेत धनि बेचनी खातुनले शुक्रवार भल्भल्ति खेतबाट तेल उम्रन थालेपछि धान बाली बिग्रने डरले आफूहरुले प्वाल टालेको बताईन । अहिले पनि धान खेतमा जमिन मुनीबाट निस्किएको तेल खेतको सतहमा पानीमाथि तैरिएर देख्न सकिन्छ । सो स्थानमा पुगेका प्रहरी सहयक निरिक्षक दिलिप चौधरीले खेतको पानीमा तेलको जस्तै तर लागिरहेको र त्यो पानी नाक छेउमा लाँदा डिजल जस्तो गन्ध आउने गरेको बताए ।

Sunsari Petrol (1)

जमिन मुनिबाट त्यस्तो पदार्थ अझै पनि निस्किरहेको उनले जानकारी दिए । त्यस्तो पदार्थ एक ठाँउबाट नभई सो खेतको विभिन्न ठाँउबाट निस्किरहेको छ ।  त्यती बेला निस्किएको तेल जस्तो पदार्थले एक विगाह जति खेत ढाकेको थियो । खेतमा तेल देखिएपछि सरकारले खेत लिने र आफ्नो बाली बर्बाद हुने डरले जग्गा धनिसहित स्थानीयहरुले माटो खनेर ल्याएर तेल निस्किरहेको प्वाललाई टालेका थिए ।

टालेपनि त्यसबाट रसाएर खेतभरी तर परिरहेपछि एक कान दुई कान मैदान भने झै शनिवार इनरुवासम्म हल्ला फैलिएपछि तेल निस्किएको हेर्न ठूलो संख्यामा स्थानीय, जिल्ला प्रहरी कार्यालयको टोली र पत्रकारहरुको टोली सो स्थानमा पुगेका थिए ।  सो स्थान पुगेका जिल्ला प्रहरी प्रमुख एसपी पोषराज पोखरेल र सहायक प्रमुख जिल्ला अधिकारी कमल थापाले आफूहरुले फिल्डको अध्ययन गर्दा पेट्रोलियम पदार्थ नै हो भन्ने कुनै अनुमान लगाउन नसकेको बताए ।

Sunsari Petrol (2)

उपरिक्षक पोखरेलले भने,‘पानीमा आईरन बढी हुँदा पनि तर बस्छ भन्ने कुरा सुनेको हो । फिल्डमा गएर केही तलसम्म खन्न पनि लगायौ तर स्पष्ट रुपमा त्यस्तो केही देखिएन ।’

प्रकाशित मिति: Sep 4, 2016

प्रतिक्रिया दिनुहोस्