Logo
१५ बैशाख २०८१, शनिबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भट्टराईले भने ‘तेस्रो पार्टीले सरकारको नेतृत्व गर्नु गैरराजनीतिक चरित्र’

baburam-party-chhade1

बाबुरामले गरे दाहाल सरकारलाई लोकेन्द्रबहादुर र सूर्यबहादुरसँग तुलना
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तेस्रो पार्टीले सरकारको नेतृत्व गर्नु गैरराजनीतिक चरित्र भएको बताएका छन । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारलाई पनि लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सरकारसँग तुलना समेत गरे । ‘हिजो बहुदलीय व्यवस्था पनि त्यहीँबाट बदनाम भएको हो,’ शनिबार पत्रकार अनिल थापाद्वारा लिखित ‘अविराम बाबुराम’ पुस्तक विमोचन गर्दै भट्टराईले भने, ‘कांग्रेस र एमाले ठूलो शक्ति थिए नि तर १५÷२० सिट भएको राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई एमालेले, सूर्यबहादुर थापालाई कांग्रेसले बनायो ।’
दाहालले सरकारको नेतृत्व गरेर गल्ती गरेको भट्टराईको भनाइ थियो । ‘अहिले म प्रचण्डजीको ठाउँमा भए सत्तामा जान्न थिएँ,’ उनले भने, ‘बरु उहाँले यी कुराहरु (संविधान कार्यान्वयन) गरौं म समर्थन गर्छु भनेर कांग्रेस–एमालेलाई भन्नुपर्थ्यो ।’ सत्ता फेरबदलले नै पहिलो संविधानसभाबाट संविधान लेख्न नसकिएको भट्टराईको संकेत थियो । ‘पहिलो संविधानसभामा पनि माओवादी र कांग्रेस मिलेका भए एमालेका साथीहरुले त्यो समस्या झेल्नुपर्दैनथ्यो नि,’ उनले भने, ‘कहिले विचरा माधव नेपालको टाउकोमा हालिदिएको छ कहिले झलनाथजीको टाउकोमा हालिदिएको छ, अहिले प्रचण्डजीको टाउकोमा हालिदिएको छ ।’
संसदमा रहेका तीनवटा शक्तिहरु सरकार बनाउने र गिराउने खेलमामात्रै रहने हो भने आगामी डेढ वर्ष्भित्र तीनवटै निर्वाचन हुन नसक्ने भट्टराईको ठोकुवा थियो । आफ्नै नेतृत्वमा चुनाव गर्ने अडान केवल धाँधलीका लागि भएको उनको दाबी छद्ध । ‘अहिले भएका दलहरुले आफ्नै नेतृत्वमा चुनाव गराउनुपर्नेछ, किन गराउने भन्नु त धाधली गरेर जित्न होइन ?,’ उनले भने, ‘एमालेले एमालेकै नेतृत्वमा, कांग्रेसले कांग्रेसकै नेतृत्वमा, माओवादीले माओवादी कै नेतृत्वमा चुनाव गराउनुपर्ने कि ? जसको नेतृत्वमा भए पनि हुन्छ नि ।’
प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीचको सत्ता राजनीतिले संविधान कार्यान्वयन नै जटिल मोडमा पुगेको भट्टराईले बताए । उनले भने, ‘तीन पार्टीबीच अहिले सर्प, भ्यागुत्तो र बिच्छीजस्तो भएको छ, उसले उसको खुट्टा टोक्ने, मुलुक यो भूमरीमा फसेको छ ।’ भट्टराईले सिमांकनको मुद्धा टुंग्याएर आदिवासी, जनजाति, मधेसीका माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूले संविधान कार्यान्वयन गर्न छाडेर नयाँ शक्ति बनाउने निर्णय २०३४ सालकै भएको उल्लेख गरे ।
संविधान कार्यान्वयन नहुने खतरा
भट्टराईले तेस्रो दलले सरकारको नेतृत्व गरे र दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा संविधान कार्यान्वयन नहुने खतरा रहेको बताए । आगामी डढे वर्षभित्र तीन वटै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘तर, संसदमा भएका तीन वटै साथीहरु (कांग्रेस, एमाले र माओवादी) सरकार बनाउने र गिराउने खेलमा मात्र लाग्नु भयो भने नहुने खतरा छ ।’

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्