Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ एक जना मात्र होइन सबैजना कुम्भकर्ण !

how-to-sleep-nicely-700x467

एजेन्सी । यो कलियुगमा समेत विश्वमा यस्तो गाउँ छ जहाँ एक जना मात्र होइन सबैजना कुम्भकर्ण छन् । कजाकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ पुग्ने बित्तिकै जो कोहीलाई निद्रा लागिहाल्छ । सन् २०१० मा यो गाउँका मानिसहरु एकाएक गहिरो निद्रामा परे । मानिसहरुलाई जुनसुकै बेला तथा जुनसुकै ठाउँ र काममा भएको भएपनि एक्कासी निद्रा आउन थाल्यो ।

यस्तो निद्रा केही दिन, केही महिना मात्र होइन केही वर्षसम्मको समेत हुनसक्छ । पछिल्लो ६ वर्षदेखि गाउँमा यस्तो सुत्ने महामारी फैलिएको छ ।  निदाएका मानिसहरु कति केही दिनमै ब्युँझे पनि कतिलाई ब्युँझिनका लागि महिना र वर्षदिन सम्म लाग्यो । कतिपय शोधकर्ताहरुले कार्वन मोनोअक्साइड ग्यासका कारण मानिसहरुमा यस्तो कुम्भकण निद्रा आएको दाबी गरेका छन् ।

गाउँको त्यो रहस्यमय निद्राको कारण पत्ता लागेको छैन । सरकारले कारण पत्ता लगाउन नसकेर उल्टै गाउँलेहरुलाई गाउँ छाड्न अपिल गरेको छ । गाउँका ८ सय १० जना मानिसहरु मध्ये २ सय भन्दा बढिलाई निद्राको महामारीले समातिसकेको छ र यो संख्या अझै बढिरहेको छ ।

गाउँको वायुमण्डलमा सामानय भन्दा १० गुणा बढि कार्वन मोनोअक्साइड पाइएको छ र गाउँ नजिकै रहेको युरेनियम खानीबाट विषाक्त कार्वन मोनोअक्साइड ग्यास गाउँको वायुमण्डलमा आएको बताइउको छ । तर निद्राको खास कारण त्यो ग्यास नै हो भनेर ठोकुवा गर्न भने कसैले सकेको छैन । कचाली नामक उक्त गाउँको रहस्यमय निद्राको कारण खोतल्न विभिन्न खाले अध्ययन नभएका होइनन् ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्