Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशी नदी हुदै विहारतर्फ जाँड – रक्सीको तस्करी !

Saptkoshi News

सुनसरी । वर्षायाममा कोशीको पानीको विषय आमसञ्चारमाध्यमको प्रमुख समाचार नै बन्ने गर्छन । नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा पानीको बहाव बढ्दा राष्ट्र नै आत्तिन्छ । तर त्यही पानी अहिले तस्करीहरुकोलागि सुनको अण्डा दिने कुखुरा बन्न थालेको छ ।
भारतको बिहार सरकारले मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि पछिल्ला समयमा विहारीहरु नेपालमै आएर रक्सी सेवन गर्ने क्रम बढिरहेकै बेला अहिले सप्तकोशी नदीको पानीबाट रक्सीको विहारतर्फ तस्करी हुन थालेको छ ।

तस्करहरुले भान्टाबारीदेखि केही उत्तरतर्फको कोशी नदीको बहाबमा डुंगाको तल राम्ररी प्याक गरेर रक्सीका बोतलहरु नझर्ने गरी प्याक गर्ने गर्दछन । त्यसपछि त्यो डुंगामाथि बस्ने माझीले माछा मार्दै मार्दैै पारीतर्फ पु¥याएर त्यहाँ रहने विहारी कारोवारीहरुलाई दिने गर्दछन । नाकामा सुरक्षाकर्मीले मदिराको तस्करीमा कडा निगरानी राख्न थालेपछि तस्करहरुले सुरक्षित उपायको रुपमा कोशीनदीलाई प्रयोग गर्न थालेका हुन ।

हिन्दुस्तान टाईम्सका बीरपुर संबाददाता ओमप्रकाश रस्तोगी सीमानाकामा सुरक्षाकर्मीहरुले सेवन गरेर आउनेहरुमाथि पनि कडाई गरेपछि अहिले कोशी नदिबाट रक्सीको तस्करी गर्ने गरेको बताउँछन । उनी भन्छन,‘ भान्टाबारीमा डुंगामा तल्लो पानीमा पर्ने भागमा लुकाएर राखिने रक्सी माछा मार्ने माझीहरुले माछा मार्ने बहानामा डुलाउदै वारी ल्याएपछि त्यहाँ रहने एजेण्टमार्फत विहार तर्फ मदिरा तस्करी गर्ने गर्छन ।

रस्तोगीका अनुसार माझीहरुले कहिले यो र कहिले त्यो किनारमा रक्सी उतार्ने भएकोले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन समेत समस्या परिरहेको अनुभव सुनाए । तस्करहरुले कोशीको पानीमा लुकाएर गाँजासहित लागु औषध समेत लामो समयदेखि तस्करी गर्दै आएका छन ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्