Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती करिना र्‍याम्पमा क्वाटवक गर्दा सबै दङ्ग !

Kareena-with-baby-bump-Cat-walk-7

एजेन्सी, बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको कुरा धेरैलाई थाहा छ । ग्ल्यामरको यो दुनियाँमा गर्भवतीका बाबजुद पनि उनले आफ्नो कर्मलाई छोडेकी छैनन् । ‘मेरो लागि उक्त र्‍याम्पवक निकै भावनात्मक क्षण थियो किनभने हामी (करिना र उनको नजन्मिएको सन्तान) एकैपटक र्‍याम्पमा हिँडेका थियौं । त्यो क्षण निकै खुसीको क्षण थियो,’ करिनाले भनिन् ।

मुम्बईमा चलिरहेको ल्याक्मे फेसन विकमा उनी र्‍याम्पमा क्याटवाक गरिरहेको देखिइन् । उनी डिजाइनर सब्यसाची मुखर्जीका लागि र्‍याम्पमा उत्रिएको बताइएको छ । उनी ल्याक्मे फेसन विक विन्टर फेस्टिभको सो स्टपर बनेकी थिइन् ।

 गर्भवती हुनु एक सामान्य प्रक्रिया बताउने करिना भन्छिन्, ‘म र्‍याम्पमा निकै खुसी र आत्मविश्वासी थिएँ । गर्भवती महिला हिँड्न र उड्न सक्छिन् । मेरो लागि यो सामान्य हो । कामको कुरा गर्नुपर्दा, अभिनय मेरो नशा नशामा छ र म मर्ने बेलासम्म काम गर्छु ।’

Kareena-with-baby-bump-Cat-walk-1

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्