Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ‘प्रचण्ड’ आसन्न भारत भ्रमणको गृहकार्यमा

PM Prachand

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् । ३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ ।

प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो । प्रधानमन्त्रीको सचिवालयले अनौपचारिक रुपमा भ्रकणका विषयमा परामर्श लिने काम सुरु भएको जनाएको छ ।

यद्यपी, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही दिन भित्रै औपचारिक रूपमा प्रधानमन्त्रीको भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल तर्फबाट उठाउने एजेन्डाका विषयमा छलफल तथा परामर्स गर्ने तयारी गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत र आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तार र विकाससँग सम्बन्धि सम्झौतालाईै पहिलो प्राथमिकता दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: Aug 29, 2016

प्रतिक्रिया दिनुहोस्