Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले महिलाको बुर्किनी  बुर्किनी उतारेपछि…

burkini-tunisia-getty

एजेन्सी, निस । फ्रान्समा सशस्त्र प्रहरीले एक महिलाको बुर्किनी खोल्न लगाउँदै गरेको तस्बिर सार्वजनिक पछि यसको विरोध भएको छ ।बुर्किनी पौडी खेल्दा लगाइने पोसाक हो । यो कपडा लगाउँदा पूरै शरीर छोपिएको हुन्छ । यो पोसाक मुस्लिम महिलाबीच निकै लोकप्रिय छ । केही समययता कान्सका मेयर डेभिड लिसनार्डले त्यस सहरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएका छन् । फ्रान्सका कान्स, निस लगायतका १४ वटा सहरमा बुर्किनीमाथि प्रतिबन्ध लगाइएको छ ।

त्यहाँका अधिकारीले बुर्किनी लगाउनु फ्रान्समा धर्मनिरपेक्षताको उल्लंघन भएको दाबी गर्दै आएका छन् । निस नजिकैको समुद्री तटमा लेगिङस, ट्युनिक र स्कार्फ लगाएका महिलालाई चारजना प्रहरी अधिकारीले घेरा हालेका छन् । एक महिलाले नीलो रंगको ट्युनिक खोलिरहेकी छन् । ती महिलालाई प्रहरी अधिकारीले जरिवाना तिराउन पर्चा काटिरहेका छन् । यस्तो घटना ४८ वर्षकी महिलामाथि पनि भएको छ । दुई सन्तानकी आमा रहेकी ती महिलाले आफू परिवारसँग कान्सको समुद्री किनारमा बसेका बेला प्रहरीले यस्तो दुव्र्यवहार गरेका थिए ।

fineing

बुर्किनीमा प्रतिबन्ध लगाइएपछि मुस्लिम महिलाले आक्रोश व्यक्त गरेका छन् । उक्त घटना सार्वजनिक भएसँगै सयौं महिलाले आफूले यस्तो जरिवाना विगतमा तिर्न बाध्य भएको खुलासा गरेका छन् । सार्वजनिक सञ्चारमाध्यममा उक्त विषयलाई लिएर निकै आलोचना भएको छ । अब्दुल अजिमले लेखेका छन्, ‘हतियार लिएका प्रहरीले कानुन हातमा लिएर एक महिलालाई समुद्रको किनारमा लुगा खोल्न लगाउँछन् ।’ सयौं व्यक्तिले यस विषयलाई सन् १९२५ को घटनासँग तुलना गर्दै आक्रोश व्यक्त गरेका छन् । यसैगरी म्याथ्यु रडल लेख्छन्, ‘सन् १९२५ मात्र होइन २०१५ पनि बितायौं । यो ९० वर्षमा महिलाले लगाउने पोसाकका विषयमा उस्तै धारणा छ ।’

ती महिलाहरू आमा र कुनै त हजुरआमा भइसकेका महिला हुन् । उनीहरूले बुर्किनी लगाउनुलाई अपराध मान्ने सरकारी तर्कमा कुनै वास्तविकता नभएको भन्दै विरोध गरेका छन् । आफूहरूसँग भएका व्यवहारबाट निकै दुःखी र अपमानित भएको उनीहरूको भनाइ छ ।कान्समा पौडी खेल्दा बुर्किनीमाथि लगाइएको प्रतिबन्धको मुस्लिम समुदायले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले कान्स सहरका मेयर डेभिड लिसनार्डको आलोचना पनि गरेका छन् ।

प्रतिबन्धपछि फ्रान्समा बुर्किनी लोकप्रिय
मुस्लिम महिलाबीच लोकप्रिय रहेको पोसाक बुर्किनीको फ्रान्समा निकै माग बढेको छ । फ्रान्समा बुर्कामा प्रतिबन्ध लगाइएपछि यसको अनलाइनमा ह्वात्तै विक्री बढेको छ । यसको विक्री दोब्बरले बढेको जनाइएको छ । बुर्किनी एक किसिमको पौडी खेल लगाइने मुख ढाकिने पोसाक हो । अस्ट्रेलियाको सिड्नीमा रहेकी ४८ वर्षीया अहेदा जनेट्टी भन्छिन्, ‘बुर्किनी लगाउने व्यक्तिगत अधिकार हो । यो कुनै उत्पीडनको साधन हुनै सक्दैन ।’

उनी बुर्किनी बनाउने काम गर्छिन् । उनी भन्छिन्, ‘बुर्काको मतलब मलाई राम्ररी थाहा छ । पर्दाको मतलब पनि म थाहा पाउँछु । म इस्लाम धर्मको अर्थ पनि बुझ्छु, म को हुँ भन्ने पनि मलाई राम्ररी थाहा छ ।’ बुर्किनी निर्माण गर्ने विचार कसरी आयो भन्ने विषयमा उनी रमाइलो प्रसंग सुनाउँछिन् । अस्ट्रेलियामा बस्ने मुस्लिम महिलाहरूले समुद्री किनारको आनन्द लिन सकून् भनेर बुर्किनी बनाएको उनको भनाइ छ । यसो गर्दा मुस्लिम महिलालाई समुद्री जीवन सहज हुने उनले बताइन् ।

आफ्नी छोरीले बुर्किनी लगाओस् वा बिकिनी उसको रुचि भएको अहेदा बताउँछिन् । यसमा आफूले कुनै हस्तक्षेप नगर्ने भन्दै यसलाई व्यक्तिगत स्वतन्त्रता जोडेको उनको दाबी छ । यसमा अरूको यसो गर, उसो गर भन्न नहुने उनको धारणा छ । उनले फ्रान्समा स्कुलमा बुर्का लगाउन प्रतिबन्ध लगाइएको भन्दै उनले विरोध गरिन् । हालै बुर्किनी लगाउन प्रतिबन्ध लगाएर फ्रान्समा धर्मनिरपेक्षताको कानुनको अपमान गरिएको उनले आरोप लगाइन् ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्