Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीका र आर्शिवाद थाप्न गगन थापा  सिटौला निवासमै पुगे !

तस्बिर साभार सामाजिक सञ्जालबाट
तस्बिर साभार सामाजिक सञ्जालबाट

काठमाडौं । पहिलो पटक मन्त्री भएका कांग्रेसका युवा नेता गगन थापा शपथ लिएपछि सिधै आर्शिबाद थाप्न नेता कृष्णप्रसाद सिटौलाको निवासमै पुगेका छन् । थापा कांग्रेसको १२ औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थिए। थापा सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शुक्रवार बिहान स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थापा शीतलनिवासमा शपथ लिएलगत्तै टीका र आर्शिवाद थाप्न सिटौलाको निवास धुम्बाराही पुगेका हुन् । शपथ लिएपछि स्वास्थ्यमन्त्री थापा आर्शिवाद लिन सिटौलाको धुम्बाराहीस्थित निवासमा पुगेर टीका र आर्शिवाद लिँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।

प्रकाशित मिति: Aug 26, 2016

प्रतिक्रिया दिनुहोस्