Logo
१५ बैशाख २०८१, शनिबार
(August 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बृहद राष्ट्रबादी मोर्चाका संयोजकसगँ प्रसाशनको स्पष्टीकरण

sinet-shrestha

सुनसरी । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि क्रान्तिको तयारी गरिरहेको बृहद राष्ट्रबादी मोर्चाका संयोजक सिनेट श्रेष्ठसँग प्रशासन र सुरक्षा प्रमुखले बार्ता गरेका छन । उनलाई बार्ताकोलागि मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरी बोलाईएपनि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईको ब्यस्तताको कारण बुधवार विहान इनरुवा १ स्थित निवासमै बोलाईएको थियो ।

बुधवार विहान प्रमुख जिल्ला अधिकारीको निवास पुगेका श्रेष्ठसँग प्रमुख जिल्ला अधिकारी चापागाई, नेपाल प्रहरीका प्रहरी उपरिक्षक पोषराज पोखरेले, शसस्त्र प्रहरी बलका उपरिक्षक जयबहादुर खड्का, राष्ट्रिय अनुन्धान कार्यालयका अनुसन्धान उप–निर्देशक नगेन्द्र दाहालले बार्ता गरेका थिए ।

 यूवा, भुतपूर्व सेना, प्रहरीको अलग अलग बाहिनी गठन गरेर भावी क्रान्तिको तयारी गरिरहेको भन्ने समाचार बाहिर आएपछि गृहमन्त्रालयको निर्देशनमा जिल्लाका प्रशासन प्रमुख र सुरक्षा प्रमुखले श्रेष्ठसँग बार्ता गरेका हुन ।  स्रोतका अनुसार प्रशासन र सुरक्षा प्रमुखहरुले श्रेष्ठसँग सञ्चारमाध्यमा आईरहेको मोर्चाको गतिविधिको विषयमा चासो राख्दै १० वर्षे शसस्त्र द्धन्दका कारण नेपाली जनताले धेरै दुख पाएकोले त्यस्तो गतिविधी फेरि गरेर जनतालाई दुख नदिन आग्रह गरेका थिए ।

सुरक्षा प्रमुखहरुले मोर्चाका कार्यकर्ताहरुको सार्वजनिक भएको कम्ब्याक डे«ससहितको सार्वजनिक फोटोको विषयमा गंभिरता देखाउँदै यस्तो पोसाकले समाजमा आतंक फैलाउन सक्ने भएकोले यस्तो काम नगर्न सुझाव दिएका थिए । उनीहरुले क्रान्तिको मोडल र तयारीको बारेमा समेत जान्न चाहेका थिए ।

श्रेष्ठले आफूले निश्चित राजनीतिक उद्देश्य लिएर क्रान्तिको तयारी गरिरहेको स्विकार गर्दै अहिले शान्तिपूर्ण क्रान्तिको तयारी भईरहे पनि नेपाली जनताले चाहे वा बाध्यात्मक स्थिति आए जस्तो सुकै क्रान्तिकोलागि समेत आफूहरु तयार रहेको स्पष्ट पारेका थिए । सो क्रममा प्रशासन र सुरक्षा प्रमुखहरुले सिनेटको हेडक्वार्टर रहेको इनरुवा–४ स्थिति जिरायतको भ्रमणको चाहना ब्यक्त गरेका थिए । जसमा श्रेष्ठले आफूले स्वागत गर्ने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Aug 25, 2016

प्रतिक्रिया दिनुहोस्