Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व सैनिक र यूवाहरुको बृहद राष्ट्रबादी मोर्चा: ज्ञानेन्द्रको सुरक्षामा ओम बाहिनी परिचालित !

sinet

सुनसरी । आफ्नो पुर्खौली थलो इनरुवा नगरपालिकाको वडा नम्बर ४ जिरायतमा रहेर राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाकोलागि बृहद राष्ट्रबादी मोर्चा गठनको तयारीमा जुटेका सिनेट श्रेष्ठले यूवा र पूर्व नेपाली सेनाहरुलाई समेट्ने गरी दुई अलग अलग बाहिनी निर्माण गरेका छन । मोर्चाले आफूले गर्ने भनेको क्रान्तिलाई अघि बढाउन भविष्यमा आवश्यक परेको बेला सबै खाले अभियानकोलागि तयार रहने गरी यूवाहरुलाई समेट्ने गरी ओम बाहिनी र पूर्व नेपाली सेनाका कर्मचारीहरुलाई समेट्ने गरी पर्शुराम बाहिनी गठन गरेको हो । ति बाहिनीहरुले मोर्चाको प्रमुख सुरक्षा र सक्रिय दस्ताको रुपमा काम गर्नेछ ।

यसैवीच मोर्चाले राजसंस्था र हिन्दु राष्ट्रको लागि क्रान्ति गर्ने भनि आएको समाचार पढेर पूर्व राजा ज्ञानेन्द्रले श्रेष्ठलाई शुभकामना दिएका थिए । उनी निकट स्रोतका अनुसार गत बुधवार विहान ११ बजेर ३५ मिनेटमा टेलिफोन गरेर ज्ञानेन्द्रले शुभकामना दिएका हुन । तर श्रेष्ठले आफूलाई पूर्व राजा ज्ञानेन्द्रले शुभकामना नदिएको बताए । उनले भने,‘ महाराजले अनलाईनहरुमा आएको मोर्चाको समाचार पढिबक्सिएछ । पुरै समाचार पढेर हासिबक्सिएछ भन्ने जानकारी पाएको हुँ अरु केही होईन ।’ सुनसरीको इनरुवाबाट प्रकासित वर्णमालामा समाचार छ ।

मोर्चाका संयोजक सिनेट श्रेष्ठले यूवा र पूर्व नेपाली सेनाका कर्मचारीहरु रहेको दुई बाहिनी गठन भएको स्विकारेपनि यसको नेतृत्व कस्ले गरेको र केन्द्रीय समितिमा को को छ भन्ने कुरा खुलाउन चाहेनन । उनले भने,‘ हामीले ओम र पर्शुराम बाहिनी गठन गरेका छौ । त्यसले आफ्नो काम थालिसकेको छ । समय आएपछि त्यसलाई हामी सार्वजनिक गर्छौ ।’  स्रोतका अनुसार मोर्चाको अभियानलाई अगाडि बढाउने काममा अहिले नेपाली सेनाका ७ जना पूर्व जर्नेलहरु, नेपाल प्रहरीका दुई जना डिआईजी, राष्ट्रिय अनुसन्धान विभागका एकजना डिआईजी ऐनबीर जंग शाह, नेपाल प्रहरीका डिएसपी सहित विभिन्न रिटायर्ड कर्मचारीहरु सक्रिय छन ।

s
त्यसैगरी मोर्चाले नेपाल प्रहरीमा कार्यरत पूर्वकर्मचारीहरुलाई संगठित गर्ने उद्देश्यले अर्जुन बाहिनी र मोर्चामा नयाँ प्रवेश गर्नेहरुलाई उपयूक्त जिम्मेवारी दिने उद्देश्यले भीम बाहिनी गठनको तयारी गरेको छ । श्रेष्ठले भने,‘ हामी सबै क्षेत्रलाई समेट्ने गरी भातृ संगठनको रुपमा बाहिनीहरु निर्माणको अभियानमा छौ तर सबै गठन भईसकेका छैन । तिनीहरु निर्माणको प्रक्रियामा छन । ’ युवाहरुको ओम बाहिनी पूर्वाञ्चलका धेरै स्थानमा गठन भईसकेका छन । विराटनगर, इटहरी र झापामा झण्डै दुई–दुई सयको हाराहारीमा यूवाहरु संगठित भईसकेका छन । उनीहरु पूर्व राजा ज्ञानेन्द्र सवारी हुने ठाँउमा ओम बाहिनीले हरियो रंगको पोसाकसहित सुरक्षा दिने काम गर्छन । आगामि कृष्णजन्माष्ठमीको दिन ज्ञानेन्द्र ललितपुरको कृष्ण मन्दिरमा दर्शन गर्न आउँदा ओम बाहिनीका यूवाहरुलाई परिचालन गर्ने गरी तयारी गरिरहेको छ । मोर्चाले १०८ जना यूवाहरु काठमाडौ पठाईसकेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले मोर्चाको घोषणा गर्नु अघि अहिले राजसंस्थाबादी दलहरु र विभिन्न धार्मिक दलहरुलाई मोर्चामा आबद्ध गर्ने गरी काम गरिरहेका छन । उनले अहिले हिन्दु टाईगर, शिव सेना, साईराम, गौरक्षा बाहिनी लगायतका सस्थाहरुसँग कुराकानी गरिरहेका छन भने ओम रक्षा बाहिनीलाई मोर्चामा आबद्ध गरिसकेका छन । उनले भने,‘ एउटै छाता मुनी राजसंस्थाका पक्षधर र हिन्दुधर्म राष्ट्रका पक्षधरहरु नआईकन क्रान्ति सफल हुन सक्दैन । अहिले हामी सबै त्यस्ता समूहहरुलाई एकत्रित गर्न लागिपरेका छौ । सबैलाई एकत्रित गरेपछि सुनसरीमा बृहद कार्यक्रमको आयोजना गरेर मोर्चाको घोषणा गर्छौ र क्रान्तिमा लाग्छौ ।’ घोषणा गर्नु अघि मोर्चाले केही प्रचारात्मक कार्यक्रम समेत गर्दै छ । जसमा नेपाल र नेपालीको दुरावस्थाको तस्वीरसहित सन्देश दिने काम हुने छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्