Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काटिएको भोलिपल्टै जोडियो महेन्द्र मन्जिलमा लाइन 

ratna

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले महेन्द्र मन्जिलमा एक दिन बिजुली लाइन काटेर पुनःजोडिदिएको छ । उर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले संस्कृति मन्त्रालयले रकम निकासाको प्रक्रियामा रहेको र प्राप्त भएपछि भुक्तानी गर्ने आशायको पत्र पठाएपछि प्राधिकरणलाई लाइन जडान गर्न निर्देशन दिएको बताए ।

विजुली बिलको भुक्तानी नभएको भन्दै मन्त्रालयकै निर्देशनमा आइतबार पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको निवास महेन्द्र मन्जिलमा बिजुली लाइन काटिएको थियो । त्यसको भोलिपल्टै संस्कृति मन्त्रालयको अनुरोधमा लाइन जडान गरिएको हो ।

‘उर्जा मन्त्रालयको निर्देशन प्राप्तपछि महेन्द्र मन्जिलमा लाइन जडान गरिसकेको छ’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने । ‘संस्कृति मन्त्रालयले पैसा निकासको प्रक्रियामा छ, प्राप्तभएपछि भुक्तानी गर्ने प्रतिवद्धता सहितको पत्र पठाएपछि लाइन जोड्न निर्देशन दिएका हौं’ सचिव शर्माले भने।

उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले सरकारले नै तिर्नुपर्ने यो पैसा अर्थ मन्त्रालयबाट गत वर्षको पनि प्राप्त नभएको र अहिलेको पनि भुक्तानी नभएको कारणा समस्या परेको बताए।

महेन्द्र मन्जिलको विजुली विल भुक्तानी गर्ने जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हो। नारायणहिटी दरबार संग्राहलय भित्र पर्ने सबै सरकारी सम्पत्ति भएको र त्यसको खर्च संस्कती मन्त्रालयले तिर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्