Logo
१५ बैशाख २०८१, शनिबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३६ जना आइएस लडाकुलाई मृत्युदण्ड !

iraqi-soldiers-massacr
एजेन्सी, इराक । सेनामा भर्ती हुन आएका १७ सय जना युवाको हत्या गरेको आरोपमा दोषी ठहर गर्दै इराकमा ३६ जनालाई मृत्युदण्ड दिइएको छ । क्याम्प स्पेचर नरसंहार भनेर चिनिने सन् २०१४ को उक्त घटनामा इस्लामिक स्टेटका लडाकुले उत्तरी इराकमा रहेको पूर्व अमेरिकी बेस क्याम्पमा ट्रेनिङ गरिरहेका युवाहरुलाई कब्जामा लिएर हत्या गरेका थिए ।

एयर फोर्समा भर्ती हुन आएका करिब ४ हजारको संख्यामा रहेका निःसशस्त्र युवाहरु मध्येबाट पनि शिया समुदायका युवाहरुलाई छुट्टाएर गोली हानी हत्या गरिएको थियो । पछि आइएसका लडाकुले घटनाको दर्दनाक भिडियो सार्वजनिक गरेको थियो जसमा युवाहरुलाई लाइनमा लगाएर विभिन्न स्थानमा गोली हानी हत्या गरेको देखाइएको थियो ।

त्यसको केही वर्षपछि जब इराकको सरकारले उक्त क्षेत्रलाई पुनः नियन्त्रणमा लिएपछि सामूहिक चिहान फेला परेको थियो । एएफपीका अनुसार यस घटनाका आरोपी ३६ जनालाई स्थानीय समयअनुसार आज बिहान झुण्डाएर मृत्युदण्ड दिइएको हो । उनीहरुलाई गत फेब्रुअरीमा नै मृत्यु दण्डको सजाय सुनाइएको थियो ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्