Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधि बसेको होटेल लिला प्यालेसमा पुगेर राहुल गान्धीले गरे भेटवार्ता !

Rahool With Nidhi

काठमाण्डौ । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्रले भारतको विपक्षी दल कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धी निधीसँग भेटघाट गरेका छन् । भेटका लागि राहुल निधी बसेको होटल ताज प्यालेसमा पुगेका थिए । पार्टीका अध्यक्ष सोनिया गान्धी विरामी भएका कारण पार्टीको तर्फबाट राहुलले भेटघाट गरेका हुन् ।

निधीका अनुसार नेपालको स्थिरताका लागि वर्तमान सरकारले लिने निर्णयहरुमा भारतको पूर्ण सहयोग रहेने बताएका थिए । भेटमा नेपाली कंग्रेस र भारतीय कंग्रेसबीचको सम्वन्धलाई पनि सुधार गर्ने विषयमा कुराकानी भएको थियो । निधीले नेपाल संविधान निर्माणको कार्यान्वयनको विषयमा जानकारी गराएको जानकारी दिए ।

यसैविच निधी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीचसमेत भेटघाट भएको छ । भेटमा मधेसवादी दलहरुले राखेका मागहरुको विषयमा समेत छलफल भएको थियो । सोमबार स्वदेश फर्कनु अगाडि निधीले भारतीय जनता पार्टीका नेता अमित शाहसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । शाहले खासै विदेशी पाहुनाहरुलाई भेट्ने गरेका छैनन् ।

भारतीय जनता पार्टीका नेताहरुसँग विगत त्यति धेरै चिनजान र सम्बन्ध नरहेको भन्दै निधीले त्यसलाई विस्तार गर्न व्यस्त छन् । यस अगाडि निधी नेपाली जनसम्पर्क समिति भारतले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनले कांग्रेस र माओवादीबीचमा सरकार गठनको समयमा भएको सहमतिको बारेमा जानकारी दिए ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्