Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा लैंगिक सन्तुलनताका लागि सचेतना फैलाउन छोरी दिवस मनाइँदै 

भारतकी महिला तथा बाल विकास मन्त्री मेनका गान्धीले आफ्नी बुहारी तथा नातिनीको साथमा ट्वीट गरेको तस्वीर
भारतकी महिला तथा बाल विकास मन्त्री मेनका गान्धीले आफ्नी बुहारी तथा नातिनीको साथमा ट्वीट गरेको तस्वीर

काठमाडौं । भारतकी महिला तथा बाल विकास मन्त्री मेनका गान्धीले समेत आफ्नी बुहारी तथा नातिनीको साथमा एउटा फोटो ट्वीट गरिन् ।  भारतमा यो साता आफ्नी छोरी, बुहारीसँग सम्बन्धि थुप्रै फोटोहरु सामाजिक सञ्जालमा अपलोड भए । अझ विहीवार त ‘डटर्स डे’ अर्थात छोरी दिवस भनेरै मनाइयो । थुप्रै मानिसहरुले यो दिनलाई पछ्याउदै आफ्ना फोटोहरु सामाजिक सञ्जालमा राख्न भ्याए ।

उनीहरुमध्ये कसैले छोरीको फोटो राखे त कसैले बुहारीको ।  उनले यो हप्ता सामाजिक सञ्जालमा छोरी, बुहारी, तथा नातिनीसँग सम्बन्धित फोटोहरु हालेर छोरी भएकोमा उत्सव मनाउने अभियान अन्तर्गत विहीवार ‘डटर्स डे’ मनाएको बताइन् । उनले विविसीसँग कुरा गर्दै कन्या भ्रुण हत्या, क्रमिक रुपमा घटिरहेको महिलाको जनसङ्ख्या तथा महिलालाई शिक्षामा उत्प्ररित गर्ने उद्देश्यका साथ यो साता ‘डटर्स डे’ अथवा डटर्स वीकको आयोजना गरिएको बताइन् ।

उनले सामाजिक सञ्जालमा #BBBPDaughter’sweek हृयासट्यागको प्रयोग गरी अरुलाई समेत यो अभियानमा साथ दिन अनुरोध गरिन् । विशेषगरी सामाजिक सञ्जालमा यसरी छोरीलाई लिएर फोटोग्राफ अपलोड गर्नुको उद्देश्य छोरी बोझ नभएर आफ्नो शान भएको बताउन राखिएको उनको धारणा छ ।

‘भारतका धेरै जसो ठाउँमा अहिले पनि बुहारीलाई मारिने गरेको भएर हामी अहिले छोरीलाई जस्तै व्यवहार गर्छौ, त्यही ब्यवहार बुहारीलाई पनि गर भन्न चाहिरहेका छौं ।’ मन्त्री गान्धिले भनिन् । ‘कतिपय गर्भवती म महिलालाई भ्रुणहत्या गर्न उनीहरुको परिवारले नै दवाव दिने भएकोले यस अभियानमार्फत हामी समस्त हजुरआमाहरुलाइ यति भन्न चाहन्छौ कि नातिनीहरुलाई पनि यो धर्तीमा जन्म लिन अवसर प्रदान गरौ ।’

उनले भारतीय सरकारले महिला तथा बालबालिकाको सुन्दर भविष्यको लागि आफुले सक्ने सम्मको काम गरिरहेको बताइन् । गत वर्ष जनवरीमा महिला भु्रण हत्याका तथ्यांकलाई मध्य नजर गरी भारतीय प्रधभानमन्त्री नरेन्द्र मोदीले ‘बेटी बचाओ, बेटी पढाओ’ (बीबीबीपी) अभियानका सुरुवात् गरेका थिए । #विविसी हिन्दी 

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्