Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको अध्याय समाप्त भएको दाबी गर्दे राणाविरुद्व खनिए थापा

Kamal Thapa

काठमाडौं, २५ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको अध्याय समाप्त भएको दाबी गर्दे आक्रोश पोखेका छन् । उनले राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको कारण पार्टी एकता हुन नसकेको आरोप लगाए ।  राप्रपा अध्यक्ष राणाले सोमबार विधानलगायतका प्राविधिक कारण देखाउँदै एकता हुन नसक्ने बताएका थिए । राणाले एकता हुन नसक्ने बताएपछि आजको लागि तय गरिएको दुई पार्टीबीचको एकता भाँडिएको थियो ।

राप्रपा नेपालले मंगलबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भने, ‘ पशुपतिजीले बेइमानी गर्नुभयो, उहाँले एक पक्षीय निर्णय गर्दै हामीसँग झुट बोल्नु भयो, राप्रपासँगको पार्टी एकीकरण अध्याय समाप्त भयो।’ थापाले राप्रपाले पार्टी एकीकरणको अन्तिम समयमा सामान्य शिष्टाचार, मर्यादा र राजनीतिक चरित्र पनि ख्याल नगरी सरकारमा मन्त्री पठाएको भन्दै थापाले यसबाट एकता कार्यकर्तामा निराशा पैदा भएको बताए ।

पत्रकार सम्मेलनमा थापाले विधानलगायतका विषयमा कुनै समस्या नरहेको भन्दै राप्रपा अध्यक्षबाट भ्रम छर्ने काम भएको बताए । ‘मेरो निमित्त पार्टी एकता ठुलो कुरा थियो, बिधान होइन। भनेकै थिए राप्रपाको बिधानमै हस्ताक्षर गर्न तयार छु, यस बिषय बहाना र भ्रम मात्र हो, पत्रकार सम्मेलनमा थापाले भने ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्