Logo
६ बैशाख २०८१, बिहीबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाईको ज्वालामुखी क्यामराको लागि ‘हाँस्यो’, तस्बिर भयो भाइरल

volcano
एजेन्सी, प्याराडाइज हेलिकप्टरले कैद गरेको ज्वालामुखीको एउटा तस्बिर आजकाल निकै भाइरल भइरहेको छ । किलाउइया पु भित्र रहेको लाभा बाहिर निस्कने क्रममा एउटा हँसिलो अनुहारको आकृति लिएको उक्त तस्बिर हेर्दा निकै आकर्षित छ ।

संसारको ‘मोस्ट एक्टिभ भोल्क्यानो’ मध्येको एक यो ज्वालामुखी ३३ वर्षदेखि लगातार रुपमा बिस्फोटन भइरहेको छ । फोटोग्राफर माइक क्याल्बरले ‘हाँसिरहेको ज्वालामुखी’ को तस्बिर कैद गरेका हुन् ।

अनुहारभित्र ठूला र बलेका आँखा, मुसुक्क मुस्कुराएको जस्तो मुख । हफिंगटन पोष्टका अनुसार हवाईको बिग आइल्याण्डमा अवस्थित किलाउइया मुस्कुराउनुको पनि कारण छ ।

आफ्नो यो फोटोले धरै मानिसहरुलाई आकर्षित गर्ने आफूलाई पूर्ववत् जानकारी भएको उनले बताए । तस्बिर भाइरल हुने कुरामा आफू पहिले नै ढुक्क भएको उनले जानकारी दिए ।

volcano1

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्