Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियास्थित नेपाली दूतावासले लाखौ फजुल खर्चेको खुलासा !

embassey-of-malesia-nepal
काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजार प्रवर्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौ रूपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ ।

२०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए । उनलाई तत्कालिन कार्यबाहक राजदूतले २ सय ५३ रिंगेट खर्चेर लञ्च दिएको बिल बैदेशिक रोजगार रकमबाट बेहोरेको पाइएको छ ।

सोही मितिमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल ३७ जनाको जम्बो टोली लिएर दूतावास पुगेका थिए । उनीसहित ४५ जनाको सत्कारमा दूतावासले १७३ रिंगेट खर्चेको बिलमा देखिन्छ । त्यो पनि श्रमिककै कोष हो ।

आर्थिक वर्ष २०७१/७२ मा दूतावासले कामदारको उद्धार र कानुनी उपचारका निम्ति भन्दै २० लाख र अतिरिक्त कर्मचारीको खर्च भन्दै१८ लाख रूपैयाँ लगेको थियो । २०७२/७३ मा २७ लाख रूपैयाँ लगेको छ ।

यी सहित २०६५/६६ देखिकै ७१ लाख ८ सय ८ रूपैयाँ दूतावासले अहिलेसम्म फर्छौट गरेको छैन । फर्छौट गर्न बोर्डले दबाब दिएपछि दूतावासले पछिल्ला केही खर्चका बिल भरपाइसहित विवरण पठाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्