Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ जना राजदूतको  नाम फिर्ता लिएकोमा एमाले नेता नेपाल आक्रोशित

Madhav Kumar Nepal

काठमाडौँ, २२ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको आरोप लगाएका छन् ।

नेपालले सरकारले गरेका राम्रो कामको साथ दिने भन्दै उहाँले अघिल्लो सरकारले गरेको सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए । नेता नेपालले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउँदै सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

शनिबार रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले भने,‘संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले दलहरुबीचको दूरी झनै बढाएको छ, यस्तो किन गरियो मलाई आश्चर्य लागेको छ ।’

निम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चले प्रेस काउन्सिलमा सदस्य गोविन्द चौलागाईंलाई सम्मान गरेको थियो । कार्यक्रममा एसएलसीमा उत्कृष्ट अङ्क ल्याउने, रक्तदान गर्नेलाई सम्मान गरिएको अध्यक्ष गौतमले जानकारी गराए ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्