Logo
७ बैशाख २०८१, शुक्रबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसवादी दलबीच भएका तीन बुँदे कार्यान्वयनको विषयमा छलफल

Prachand And Serbahadur
काठमाडौं ।  सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच आन्दोलनरत तराई-मधेसवादी दलबीच भएका तीन बुँदे सहमति कार्यान्वयन लगायत विषयमा कुराकानी भएको छ ।

सभापति देउवाका निजी सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान ती विषयमा कुराकानी भएको थियो ।

‘पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो,’ निजी सचिव देउवाले भने ।

कांग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्