Logo
१२ बैशाख २०८१, बुधबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अश्लिल फिल्म हेर्ने भन्दा सेक्सी तस्विर हेर्ने ‘खतरनाक’ !

Sxy Photo

एजेन्सी नटिङहम । बेलायतमा हालै गरिएको एक अध्ययनले अश्लिल चलचित्र हेर्ने युवाभन्दा कुनै पत्रपत्रिका र म्यागेजिनमा तथा विज्ञापनको होडिङबोर्डमा महिलाको अश्लिल तस्बिर हेर्ने युवामा बलात्कारको भावना बढी हुने देखाएको छ ।

विगतमा अश्लिल चलचित्र हेर्न मानिस यौनका मामिलामा बढी सोच्ने तथा आफ्नै नजिकको साथी अथवा आफन्तमा यौन सम्बन्धी नकारात्मक धारणाको विकास हुने बताइँदै आइएको थियो ।

नटिङहम विश्वविद्यालयका प्राध्यापक डा. सिमोन डफ र उनको टिमले गरेको अध्ययने महिलाको अश्लिल तस्बिर हेर्ने मानिसमा महिलाप्रति नकारात्मक धारणा भएको र उसले जुनसुकै कदम चाल्न सक्ने बताएको हो ।

तर हालैको अध्ययनले अश्लिल तस्बिर हेर्न युवाले आफ्नो खाली समयमा महिलाको भित्री बस्त्रका बारेमा कल्पना गर्ने र उनीहरुसँग नजिक भएको सोचाइको विकास हुने भएकाले उनीहरुमा महिलाप्रति नकारात्मक भावनाको विकास हुने र बलात्कारसम्मको कदम चाल्न सक्ने उक्त अध्ययनले देखाएको छ।

उक्त अध्ययनमा औसत १९ वर्ष उमेर भएका १४३ जनालाई सहभागी गराएको थियो । जसमा ४६ प्रतिशत पुरुष थिए । डा. डोफले भने ‘उदाहरणका लागी महिलाप्रती पहिले देखिनै नकारात्मक भावना भएका मानिसहरुमा त्यस्तो भावनाको विकास छिटो हुने देखियो ।

उनले यस्तो कार्य रोक्न तथा समस्याको समाधान गर्न टेलीभिजन तथा पत्रपत्रिकामा देखाइने महिलाको अर्थनग्न तस्बिर देखाउने कार्यमा प्रतिबन्ध लागाउनु पर्ने बताए।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्