अन्यथा संविधान विफल भई इतिहास हुने निश्चित हुने निश्चित प्रायः छ !
सरिता गिरि,
नेपालमा हाल देखिएको राजनीतिक ध्रुवीकरण को एउटा पक्ष मधेशी मोर्चा हो भने अर्को पक्ष एमाले हो । कांग्रेसको सहयोगमा यो दुबै पक्ष संग संतुिलत सम्बन्ध राखी दुबै लाई सहमतिमा ल्याई संविधान संशोधन गराए अहिलेको संविधानको भविष्य सुरक्षित हुन्छ अन्यथा संविधान विफल भई इतिहास हुने निश्चित प्रायः छ ।
एउटा पक्षको प्रयोग गरी अरु लाई होच्याउन खोजेमा समस्या बल्झिन्दै जान्छ । एमाले ले प्रधानमंत्रीको उम्मेदवार नदिनु सकारात्मक पक्ष हो ।
संविधान संशोधनको विषयमा सहमति न होउन्जेल मधेशी मोर्चा र एमाले दुबै सरकार बाहिर रहेमा सहमतिको वातावरण बन्ने संभावना रहन्छ । अन्यथा संकटहरु थपिंदै जान्छन । #सरिता गिरिको FBवालबाट