Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई भोट नहाल्ने राप्रपा नेपालको निर्णय

RPP Nepal

काठमाडौं १९ साउन । राप्रपा नेपालले अन्ततः प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ ।यसअघि राप्रपा नेपालमा सरकारमा जाने या नजाने भन्ने विषयमा तीव्र विवाद हुँदै आएको थियो ।

राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले सत्तामा जाने अवसर प्राप्त भएपनि पार्टीले आदर्श र निष्ठाको बाटो राजेको बताए । पार्टी सरकारमा नजाँदा पार्टी थप सुद्धिढ ढंगले अघि बढ्ने उनले दाबी गरे ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्