Logo
७ बैशाख २०८१, शुक्रबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च पदमा नियुक्ति-सिफारिस निश्चीत जातिका मानिसहरुका नैसर्गिक अधिकार !

Rita sah

नेपालका अधिकांस उच्च पदमा हुने नियुक्ति वा सिफारिस हेर्दा लाग्दछ ती पदहरु केही निश्चीत जातिका मानिसहरुले नैसर्गिक अधिकारको रुपमा प्राप्त गरेका हुन्छन् । वँहाहरुको राष्ट्रियता, क्षमता र स्वीकार्यतामाथी कसैले प्रश्न उठाउँदैन ।

मानौँ त्यस्ता पदहरु तीनीहरुले जन्मसिद्ध अधिकारकै रुपमा प्राप्त गरेको हुन्छ । तर त्यही पदहरुमा कथमकदाचित कुनै सिमान्तकृत समुदायका व्यक्तिहरुको नियुक्ति वा सिफारिस भयो भने तिनको राष्ट्रियता, क्षमता र स्वीकार्यतामाथि अनेकौँ प्रश्नहरु तेर्सिने गरिन्छ ।

लाग्छ कि तिनीहरु पद र गाली सँगसँगै उपहारमा पाइराखेका हुन्छन् ।

………………..

मधेशी दलका नेताहरु लिखित सहमति गरेर सरकारमा जाने गाँईगुई सुनिन थालेको छ । यदि यो सत्य हो भने मधेशी दलको लागि महाभुल र मधेशी जनताको लागि धोखा हुनेछ ।

मधेशी जनताले सत्ता परिर्वतनको लागि वलिदान दिएको थिएन । मधेशी जनताले मधेशी समुदायको अधिकार प्राप्तिको लागि आफनो ज्यानका आहुति दिएका थिए ।

स्मरण रहोस् गत वर्ष भएको मधेश आन्दोलन केवल मधेशी दलको मात्रै थिएन सम्पुर्ण मधेशी समुदायको आन्दोलन थियो । यस अघि पनि मधेशी दल वि.स. २०६३, २०६४ सालमा २२ बुँदै र ८ बुँदै लिखित सहमति गरेर सरकारमा गएको थियो ।

तर ती सहमति पुरा गर्नको लागि फेरी पनि आन्दोलन गर्नु प¥यो तैपनि सहमति पुरा भएको छैन । मधेशी जनताले मधेशी दललाई भरपुर साथ दिएको छ । अब पालो नेताहरुको हो । जब सम्म अधिकार प्राप्ति हुदैन तबसम्म इमान्दारीता र धैर्यतापुर्वक आन्दोलन जारी राख्न दबाब दिऔँ ।

#FB Wall Rita Sah

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्