Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती भएको सुइँकोसमेत नपाई छोरीलाई पो जन्माइन यी महिला !

mother

एजेन्सी, म्यान्चेस्टर ।  एक महिलाले आफू गर्भवती भएको थाहै नपाई छोरीलाई जन्म दिएकी छिन् । भनिन्छ, बच्चा जन्माएपछि आमाको पनि अर्को जन्म हुन्छ । बच्चा जन्माउँदा हुने पीडा, दुःख सास्तीका कारण यसो भनिएको हो । तर सबै महिलालाई बच्चा जन्माउन कहाँ गाह्रो हुने रहेछ र ?

२३ वर्षीया लियान ब्रेननले आफू गर्भवती भएको सुइँकोसमेत नपाई छोरीलाई जन्म दिएकी छिन् । उनी भन्छिन्, ‘गत अप्रिल १७ (सन् २०१६) तारिखमा सोफामा बसिरहेका बेला मलाई पेट दुख्यो र पेट दुखेको आधा घण्टापछि मैले एक स्वस्थ छोरीलाई जन्म दिएँ ।’

पेट दुख्दा व्यथा लागेको जस्तै दुखेका कारण उनी सुरुमा त उनलाई असहज महसुस भयो । उनी त्यसपछि त आत्तिइन् पनि । लियान पहिले नै दुई बच्चाकी आमा हुन् ।

उनको जिन्दगीमा जे घटना भयो त्यसमा आफू निकै अचम्मित भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मसँग जे भयो त्यसलाई मैले अहिलेसम्म पनि विश्वास गर्न सकिरहेकी छैन ।

तर यो मेरो जीवनको सबैभन्दा राम्रो सरप्राइज हो ।’ आफू एक्ली आमा भएका कारण उनले जे जति काम गरिन् गरिन् ती सबै एक्लैले गरेको जानकारी दिइन् ।

उनी भन्छिन्, ‘छोरीलाई जन्म दिइसकेपछि उनलाई नुहाउने क्रममा एक छिमेकीले ढाका ढक्ढकाइन् । पानीको आवाज सुनेपछि उनले म नुहाइरहेको हो भन्ने प्रश्न गरिन् तब मैले उनलाई आफूले भर्खरै एक छोरीलाई जन्म दिएको बताएँ ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्