Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ बिहेका लागि मोटी युवती नै चाहिन्छ !

fatty_women

एजेन्सी । छिनेको कम्मर, सलक्क जिउडाल सबैको रोजाइमा पर्छ । धेरै पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क परेको जिउडालका महिलाहरु मन पराउँछन् ।

मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु तन्नेरीहरुको रोजाइमा पर्न मुस्किल हुन्छ । तर दक्षिण अफ्रिकामा भने यसको ठीक विपरित मोटो जिउडालका वधुहरुको ठूलो माग छ ।

अर्थात् युवकहरु बिहेका लागि मोटो जिउका युवतीहरु मन पारउँछन। यो प्रथा दक्षिण अफ्रिकाको केपटाउनमा छ । त्यसैले त्यहाँका युवतीहरुलाई जरबजस्ती बोसो तथा चिल्लोयुक्त खाना खुवाएर मोटो बनाइन्छ ।

केपटाउनमा एउटा परम्परा छ । जसको नाम हो लेबलह । यो परम्पराको मान्यता के छ भने यदि नारी मोटा भ एभने उनको विवाह समयमै हुन्छ र उनलाई सुयोग्य वर मिल्दछ । त्यसैले त्यहाँका किशोरी तथा युवतीहरुलाई मोटो बनाउनका लागि अनेक थरी व्यन्जन खुवाइन्छ ।

छोरीहरुलाई भोक नलागोस्, तर घरका अभिभावकहरु खानेकुरा कोच्याइरहन्छन् । ठसठसी कन्दैै, वाक्क वाक्क गर्दै पनि खानेकुरा खान्छन उनीहरु ।

महिला जति मोटो भयो उनको पतिले उनलाई उति धेरै माया गर्छ भन्ने मान्यता पनि छ त्यहाँ । त्यसैले केपटाउनमा दुब्ला पातला तथा स्लिम युवतीहरु देख्न मुस्किल पर्छ ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्