Logo
७ बैशाख २०८१, शुक्रबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुमेह हटाउने यी हुन सात साधाराण उपायहरु !

एकपटक मधुमेह तपाईंको शरिरभित्र प्रवेश गर्छ, त्यसलाई निको पार्न केही गरी पनि सकिन्न । तर मधुमेह लाग्नुभन्दा पहिले नै यसलाई हटाउने उपायहरु अपनाउन आवश्यक छ ।

4Sleep-Well-650x433१. पर्याप्त निन्द्रा:
थुप्रै अनुसन्धान अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ , त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।

२. धुम्रपान त्याग्नुहोस्:
धुम्रपानले तपाईंको कार्डियोभास्कुलर स्वास्थ्य र हर्मोन उत्पन्नमा प्रतिकुल असर पार्छ जसले मधुमेहको खतरालाई निम्त्याउने गर्दछ । धुम्रपान छोड्दा तपाईंलाई मधुमेहको खतरा हुँदैन भने तपाईंको सम्पूर्ण स्वास्थ्य पनि राम्रो हुनेछ ।

३. धेरै पानी पिउनुहोस्ः
मानिसको शरिरलाई नभई नहुने तत्वमा पानी शीर्ष स्थानमा आउँछ । दैनिक पर्याप्त मात्रामा पानी पिउँदा यसले रगतमा उच्च मात्रामा भएको सुगर लेभललाई बाहिर निकाल्ने काम गर्दछ भने यसले बढ्नसमेत दिँदैन । पानीले तपाईंको मुटुको रोग र मधुमेहलाई पनि टाढा राख्दछ ।

४. पर्याप्त निन्द्रा:
थुप्रै अनुसन्धान अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ , त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।

५. व्यायामः
व्यायमसहितको स्वस्थ जीवनशैलीले तपाईंलाई मधुमेहबाट बचाउन सहयोग गर्छ । व्यायामले तपाईंलाई मधुमेहलगायत विभिन्न रोगबाट टाढा राख्त । तपाईंले आफ्नो दिनको सुरुवात साधारण गतिविधी जस्तै साइक्लिङ र जगिंगबाट गर्नसक्नुहुन्छ ।

६. फाइबरः
फाइबरयुक्त खानाले तपाईंको रगतमा भएको चीनिको मात्रालाई सोस्न सहयोग गर्दछ । मधुमेहलाई साधारण राख्नका लागि यसले इन्सुलिन निकाल्नसमेत सहयोग गर्छ ।

७. रगत जाँच गर्नुहोस्ः
मधुमेहबाट बच्नको लागि सबैभन्दा सजिलो उपाय आफ्नो रगतको निरन्तर जाँच गर्नु हो । ४५ वर्षभन्दा माथिका मानिसले तीन वर्षको एकचोटी रगत जाँच गराउनुपर्ने हुन्छ । यदि तपाईंको रक्तचाप उच्च छ र मोटो हुनुहुन्छ भने तपाईंले निरन्तर रुपमा रगत जाँच गराइरहनुपर्छ ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्