Logo
१० आश्विन २०७९, सोमबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नीलाई यौनसम्पर्क गर्दा ‘अभागी’ पति जेल जान बाध्य

Sex-Mahila-

ओखलढुङ्गा । आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगामा एक जनाले जेलसजाय भोग्नुपर्ने भएको छ ।आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा, च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो ।

श्रीमानले नियमित रूपमा मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छिन् । श्रीमतीले श्रीमान् बस्नेतविरुद्ध २०७२ चैत १५ गते जबरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले बस्नेतविरुद्ध चैत १८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

कैदसँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ । आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उक्त फैसला गरेको छ ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्