Logo
१५ चैत्र २०८०, बिहीबार
(July 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीचेलीबारे अनौठो परम्परा: छोरीलाई यी पुरुषसँगको सम्बन्धबाट गराइन्छ ‘पवित्र’

hynea-650x365
एजेन्सी । हाम्रो समाजमा छोरीलाई निर्वाध रुपमा बाहिर हिड्न पनी दिइदैन् तर, दक्षिण पूर्वी अफ्रिकाको मलावी देशमा भने छोरीचेलीबारे अनौठो परम्परा छ । यहाँ महिनावारी सुरु हुनेवित्तिकै युवती/छोरीहरुलाई एक सेक्स वर्करसँग यौनसम्बन्ध राख्न लगाइन्छ ।

यी सेक्स वर्करलाई ‘हईना’ भनिन्छ । गाउँलेहरु यो परम्परालाई बलात्कार मान्दैनन् । बरु छोरीहरु ‘शुद्ध’ हुने विश्वासका रुपमा लिइन्छ बीबीसीका एड बटलरले तयार पारेको एक रिपोर्टमा यस्तो खुलासा भएको हो । रिपोर्टमा बटलरले यसलाई एक भ्रम भन्दै यसबाट उल्टै यौन रोग फैलने खतरा रहेको समेत औल्याएका छन् ।

मलावीको नसांजे भन्ने ठाउँका यी इरिक अनीवा पुरै गाउँमा ‘हईना’को नामले चिनिन्छन् । उनको एउटा खुट्टा खराब छ । यो एक पारम्पारिक पदवी जसलाई एक व्यक्तिलाई दिइन्छ । जसलाई ‘हईना’ भनिन्छ । उसले गाउँका सबै युवतीसँग यौनसम्बन्ध राखेर ‘पवित्र’ पार्छन् ।यिनको अर्काे विशेषता पनी छ ।

त्यो भनेको जब कुनै अधवैशे महिलाका श्रीमानको मृत्यु भयो भने तबसम्म उनले अन्तिम संस्कार गर्न पाउँदिनन् जबसम्म हईनासँग यौनसम्बन्ध राख्दिनन् । यस्तै गर्भपतन गराउने महिलाले पनी अनिवार्य रुपमा हईनासँग सम्बन्ध राख्नुपर्छ । यो चलन परापूर्व कालदेखि चल्दै आएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्