Logo
२९ बैशाख २०८१, शनिबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वार्थी दुनियाँ भन्दै अस्पतालको शैयाबाट मधेश आन्दोलनका घाइते नेताको गुहार !

Sn News (4)

काठमाण्डौ । तत्कालिन पहिलो मधेश आन्दोलनका पुर्वी नेपाल इनर्चाज सुनसरीका आन्दोलनात्मक राजनीतिक नायक मानिने एसएन मेहता यतिबेला जीवन र मृत्यूको संघर्षमा बाझिरहेका छन ।

उनकै आन्दोलनको उपज स्परुप सुनसरीमा तत्कालिन मधेशी जनअधिकार फोरम (हाल सघिय समाजवादी पार्टी) ले ऐतिहासिक जित हासिल गरेका थिए । उनै मेहताको कडा परिश्रमबाट उपेन्द्र यादव सहित कयौ मधेशी नेताहरु पहिलोपटक संसद भवन पुगेका थिए । तर अहिले उनै मेहतालाई हेर्ने कोही छैन ।

काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन आएका बेला माइतीघर मण्डलामा घाइते भएका मेहतालाई आन्दोलनरत पार्टीहरुले नै कुनै मतलव गरेका छैनन । करिब २ महिनादेखि धरना स्थित उपचाररत रहेका मेहतालाई हेर्नसम्म कोही मधेशी नेता त के उनकै पार्टीका कोही पुगेका छैनन ।

उनको फेसबुकमा लेखिएको स्टाटस जस्ताको त्यस्तै:

शुभेच्छुक साथीहरू शुभप्र्भात संघीय अभिवादन ,नमस्कार ।
साथीहरू याे स्वार्थी दुनियाँ मा।।।।। होसियार ।।।।। हासियार ।।।।। हासियार ।।।।।।
म सस फोरम नेपाल को केन्द्रीय प स तथा सुनसरी जिल्ला स इन्चार्ज को रूपमा रहि काठमाडौं काे माईती घरमाणडेला मा धाईते हुदा त आज ६५ दिन देखि BPKIHS Dharan sunsari ko bed मा जिन्दगी काे दुवा माग्दै छु। साथिहरु मेरो २ वटा अपरेसन गरि डा. पशुपति चौधरी ले मलाई नयाँ जीवन दिएको छ। डा. काे टिम लाई धेरै, धेरै घनयवाद दिन चाहनछु । साथिहरु अाज मेरो शुभेच्छुक , आफन्त ,भाइ दिदिबहिनी हरु को सहयोग नभएको भए साईत म पुनः यो सनससार हेर्न पाउदैन थिए । साथिहरु मलाई पुर्ण निको हुन ३ महिना काे समय लागछ। म अहिले हाेसपिटल मै छु।

SN Mehta

Sn News (1)

प्रकाशित मिति: Jul 23, 2016

प्रतिक्रिया दिनुहोस्