Logo
१२ बैशाख २०८१, बुधबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको सर्मथनमा स्वतन्त्र भनिएको पर्दशनमा एमाले मन्त्रिदेखि नेताकार्यकर्तासम्म !

Maitighar_pradarshan_mahesh_basnet

काठमाडौं, न्यूज अप्रेशन । केहिदिन यता स्वतःस्र्फुत हुने गरिएको भनिएको प्रधानमन्त्री केपि शर्मा ओलीको सर्मथनमा हुने गरिएको पर्दशनमा एमालेका पुर्वमन्त्रिदेखि प्राय नेताकार्यकर्ताहरुकै उपस्थिीति हुने गरिएको खुलेको छ ।

ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि केहि दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्र्फुत भन्दै ओली पक्षधरहरुकै उपस्थिीति हुने गरिएको खुलेको हो । प्रदर्शनमा अधिकांश एमालेका भातृसंस्थाका नेता तथा कार्यकर्ताहरु सहभागी हुने गरेका तस्विर सार्वजनिक भएको हो ।

सामाजिक सञ्जालमा स्वतःस्र्फुत अभियान नाउँ दिएर प्रधानमन्त्री ओलीको पक्षमा समर्थन गर्न र नयाँ सरकार बन्ने प्रक्रियाको विरोध गर्न भेलाजम्मा भएकाहरुमा पूर्व उद्योगमन्त्री महेश बस्नेत, युवा सङ्घका अध्यक्ष राजीव पहाडी, अनेरास्ववियूका अध्यक्ष नबीना लामालगायतका नेताहरु सहभागी भएका छन् ।

हेर्नुस तस्विरहरु:

maitighar_pradarshan_2

Maitighar_pradarshan_1

प्रकाशित मिति: Jul 16, 2016

प्रतिक्रिया दिनुहोस्