Logo
८ बैशाख २०८१, शनिबार
(July 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिडिसीले चियाका लागि छुट्टै दुध बजारमा ल्याउने

ddc-Milk-600x400

काठमाडौं, न्यूज अप्रेशन । दुग्ध विकास संस्थान (डिडिसी) ले चियाका लागि छुट्टै दुध बजारमा ल्याउने भएको छ । संस्थानको ४८ औँ वार्षिकउत्सवको अवसर पारेर डिडिसिले टि मिल्क ल्याउन लागेको हो ।

चियाका लागि मात्र भनेर ल्याउन लागिएको दुधमा घृतांस (फ्याट) को मात्र डेढ प्रतिशत कमि र फ्याट बाहेकको ठोस डेढ प्रतिशत बढी हुने उनले बताए । अहिलेसम्म डिडिसिले स्टाडर्ड, हाई फ्याक्ट र गाईको दुध उत्पादन गर्दै आएको छ । डिडिसीले वार्षिक ८ करोड लिटर दूध बिक्रि गर्दै आएको छ ।

उक्त दुध बजारमा आएपछि साउन १ गतेदेखि चिया पसलेलाई एक लिटर दुधबाट मात्रै अतिरिक्त ४४ रुपैयाँ नाफा हुने भएको छ । ‘एक लिटर दुधबाट अब थप २ कप चिया बढी बनाउन सकिन्छ,’ दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सीनाले भने  । उनका अनुसार दुधमा ४ रुपैयाँ र थप दुईकप चियाबाट ४० रुपैयाँ गरी ४४ रुपैयाँ फाईदा हुने भएको हो ।

डिडिसीले अब धुलो दुध पनि उत्पादन पनि थप गरेर किसानलाई मिल्क होलिडे हुन नदिने योजना बनाएको छ । अहिलेसम्म दैनिक ३० हजार लिटर दुधबाट धुलो दुध उत्पादन गर्दै आएको डिडिसीले फेरी थप ३ टन धुलो दुध उत्पादन गर्ने डिपिसीले जनाएको छ । ‘यसबाट थप ३० हजार लिटर खपत गर्ने योजना छ ।’ तिमिल्सिनाले भने ।

डिडिसीले अहिले ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । यसैगरी डिडिसीले दैनिक करिब दुई लाख ५० हजार लिटर दुध किसानहरुबाट संकलन गर्दै आएको छ । महाप्रबन्धक तिमल्सिनाले मिल्क होलिडेको समस्या समधानका लागि विराटनगरस्थित पाउडर प्लाण्टको क्षमता विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यस्तै पोखरामा दुग्ध पदार्थ उत्पादन कारखाना, खुमलटारमा दहि उत्पादन कारखाना स्थापना गर्ने, चिस्यान केन्द्रहरु तथा प्रशोधन कारखानाहरुमा अटोमाईटेजसन गरिने, भुस तथा दाउरा ब्वाईलर सञ्चालमा ल्याई डिजेल खपत घटाउने, दक्ष जनशक्ति आपूर्ति तथा ज्यालादारीहरुलाई स्थायी गर्ने, केन्द्रीय कार्यालयमा रहेको जगगाको उचित व्यवस्थापन गर्ने योजना डिडिसीले अघि सारेको छ ।

यस्तै संस्थानले सरकारको सहयोगमा बुटवलमा युएचटी प्लाण्टको स्थापना तथा नेपालगञ्ज र अत्तरियामा प्रशोधन कारखानाको क्षमता विस्तार गर्ने, पशु आहार उत्पादन कारखाना व्यवसायीक उत्पादन तथा विक्री वितरण गरिने भएको योजना सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Jul 14, 2016

प्रतिक्रिया दिनुहोस्