Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस, माओवादी केन्द्रद्धारा सरकार ढाल्नु परेको कारणबारे स्पष्ट !

nc_maoist

काठमाडौं, न्यूज अप्रेशान । सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकार ढाल्नु पर्नाका कारणबारे स्पष्ट पारेका छन् ।

उनीहरुले नयाँ संविधानप्रति असन्तुष्ट मधेसवादी दल तथा अन्य पक्षसँग सहमति गर्न वर्तमान सरकार ढाल्नु परेको तर्क दिएका छन् ।संसदमा बुधबार कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी संयुक्तले दर्ता गरेको अविश्वास प्रस्तावमा संविधानप्रति असन्तुष्ट दल र पक्षका आवाज सरकारले गम्भीरतापूर्वक नसुनेको उल्लेख छ ।

वर्तमान सरकार भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, मुलुकमा सुशासन कायम गर्न, शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतिमा टुङ्ग्याउन पूर्णरुपमा असफल भएको दर्ता अविश्वास प्रस्तावमा उल्लेख छ । रहरले नभई बाध्यताले अविश्वास प्रस्ताव दर्ता गर्नुपरेको दलका नेताहरुले जिकिर गरेका छन् ।

यो संविधानप्रति असन्तुष्ट मधेसवादी दल तथा अन्य पक्षसँग सहमति गर्न वर्तमान सरकार ढाल्नु परेको तर्क दिएका छन्। संसदमा बुधबार कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी संयुक्तले दर्ता गरेको अविश्वास प्रस्तावमा संविधानप्रति असन्तुष्ट दल र पक्षका आवाज सरकारले गम्भीरतापूर्वक नसुनेको उल्लेख छ।

काँग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले बुधबार अपरान्ह वर्तमान सरकारविरुद्ध नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रस्ताव दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले सरकार अल्पमतमा परेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदम अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्