Logo
१५ चैत्र २०८०, बिहीबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्सपछि ओछ्यानमा सुतिरहँदा गर्भवती छिटो हुने कुरा गलत: अध्ययन रिर्पोट

couple-bed-sex-legs-feetएजेन्सी । दशकौंदेखि यौन सम्बन्ध कायम गरेपछि ओछ्यानमा सुतिरहँदा महिला गर्भवती हुने सम्भावना बढ्ने मानिँदै आएको थियो । तर, हालै गरिएको एउटा नयाँ अध्ययनले यो सिद्धान्तभन्दा फरक तथ्य प्रस्तुत गरेको छ। अध्ययनका अनुसार यौन सम्पर्कपछि बेड रेस्ट लिँदा गर्भवती हुने भन्ने कुरा सही होइन ।

शोधकर्ताहरुले ५ सय दम्पत्तिमा गरेको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । अध्ययनको निष्कर्ष फनल्याण्डमा आयोजना गरिएको फर्टिलिटी सम्मेलनमा प्रस्तुत गरिएको हो । अध्ययनमा संलग्न अधा महिलालाई कृत्रिम वीर्यारोपन (artificial insemination)पछि १५ मिनेटसम्म ओछ्यानमै सुतिरहन भनिएको थियो भने बाँकी महिलालाई तत्काल ओछ्यानबाट हटाइएको थियो ।

शोधकर्ताहरुले जुन महिलालाई ओछ्यानमै रहन भनिएको थियो उनीहरुमा गर्भवती बन्ने लक्षण देखिएन । यसले पनि यौन सम्पर्कपछि ओछ्यानमै सुतिरहेका कारण गर्भवती हुने भन्ने मान्यता गलत र निराधार हो । यो नयाँ तथ्यमाथि प्रतिक्रिया व्यक्त गर्दै शफिल्ड विश्वविद्यालयका प्राध्यापक एलन पीसीले नयाँ तथ्यबाट आफूलाई कुनै आश्चर्य नलागेको बताए ।

किनभने स्पर्म सेल्सलाई गर्भाशय नली (fallopian tube) सम्म पुराउन केवल पाँच मिनेटको समय लाग्दछ । त्यसपछि त्यो कयौ दिनसम्म गर्भाशयमा जिवित रहन सक्छ । उनले भने–सेक्सपछि स्वासप्रश्वास सामान्य हुँदासम्म र पिसाव गर्नका लागि ओछ्यानबाट उठ्ने बेलासम्म स्पर्म अण्डालाई फर्टिलाइज गर्न पुगिसकेको हुन्छ ।

यार्कशर अस्पतालमा रिप्राडक्टिभ मेडिसिन एन्ड सर्जरीका प्राध्यापक डाक्टर एडम बालेनले भने– जीव विज्ञानलाई सबै पुस्तकमा नारीलाई चित्रात्मक रच्नु सबैभन्दा जटिल छ । उनले भने–यो (चित्र) ले देखाउँछ कि गर्भाशय र योनी बिल्कुल सिधा छ । जबकि वास्तविकता यस्तो होइन । योनीको झकाव हुन्छ र गर्भाशयको झुकाव योती र गर्भाशयको नली वा अन्डाशय (ovary) को झुकावसँग सम्बन्धित हुन्छ ।

उनले अगाडि भने–कयौ महिला सोच्दछन् कि ओछ्यानबाट उठ्ने बेला सबै बाहिर जानेछ । तर, शारीरिक रुपमा यो सम्भव छैन । यसरी काम हुँदैन । विशेषज्ञले स्मोकिंगलाई गर्भाधानको सम्भावनाका लागि खतरा मानेका छन् । डाक्टर बालेन भन्छन्–सेक्सपछि जे चाहनु हुन्छ गर्नुस्, तर स्मोकिंग नगर्नुस ।

एम्स्टर्डम युनिभर्सिटीमा गरिएको एउटा अध्ययनमा निकै रोचक तथ्य भेटिएको छ । यहाँ ४७९ जना महिलामा कृत्रिम वीर्यारोपणको प्रयोग गरियो । यसमा जुन महिलालाई १५ मिनेटसम्म ओछ्यानमै राखियो उनीहरुमा गर्भाधान दर ३२.२ प्रतिशत रह्यो, जुन महिलालाई ओछ्यानबाट तत्काल उठाइएको थियो, उनीहरुमा गर्भाधान दर ४०.३ प्रतिशत थियो ।

दुवै समूहबाट प्राप्त परिणामको तुलना गर्दा कुनै संख्यीय अन्तर फेला परेन । मुख्य शोधकर्ता जोक्यो भेन रिज्स्भिज्कले यो अध्ययनले सेक्सपछि ओछ्यानमै सुतिरहँदा गर्भाधानमा कुनै असर पर्दैन भन्ने पुष्टि गरेको बताए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्