Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक करोड एन्ड्रोइड स्मार्टफोनहरु नयाँ खाले भाइरसबाट संक्रमित

virous

एजेन्सी ।  विश्वका झण्डै एक करोड एन्ड्रोइड स्मार्टफोनहरु नयाँ खाले भाइरसबाट संक्रमित भएको पाइएको छ । यो नयाँ भाइरसले विज्ञापनहरुमा आफै फर्जी क्लिक गरिदिने बताइएको छ ।

शोधकर्ताहरुका अनुसार यो भाइरसका सर्जकहरुले अहिले भाइरसबाटै मासिक ३ लाख डलर कमाइरहेका छन् । यो भाइरसको आक्रमणमा परेकामध्ये अधिकांस स्मार्टफोन चीनमा रहेका छन् ।

यो भाइरसले प्रयोगकर्ताको स्मार्टफोनमा अन्य विभिन्न खाले एपहरु समेत आफै डाउनलोड गरिदिने र प्रयोगकर्ताको इन्टरनेट ब्राउजिंगको आनीबानीको जासूसी गर्ने गरेको साइबर मामिला शोधकर्ताहरुले बताएका छन् ।

अनुसन्धान कम्पनी चेकप्वाइन्ट र लूकआउटले यो भाइरसको फैलावटका बारेमा पहिलोपटक पत्ता लगाएका हुन् । चेकप्वाइन्टका अनुसार उसले भाइरसग्रस्त फोनको निगरानी गर्ने कमान्ड एण्ड कन्ट्रोल सर्भरको बारेमा आफुले जानकारी प्राप्त गरेको भन्दै यसबाट १ करोड स्मार्टफोन ग्रसित भएको बताएको छ ।

विज्ञापन भाइरसको आक्रमणमा पर्नेमा चीन, भारत, फिलिपिन्स तथा इण्डोनेसियाका स्मार्टफोन प्रयोगकर्ताहरु अग्रस्थानमा रहेका छन् । यो भाइरस सफ्टवेयर जसलाई रुटकिट पनि भनिन्छ त्यसले आफुलाई स्मार्टफोनको अपरेटिंग सिस्टममा भित्रसम्म घुसेर फोनमाथि पूर्ण नियन्त्रण कायम गर्दछ ।

संक्रमित फोनलाई ह्याकरहरुले कुनैपनि ठाउँबाट संचालन गर्न सक्दछन् र इन्टरनेट चलाउँदा विज्ञापनहरुमा एकाएक क्लिक गरिदिन्छन् ।

अनेक थरी एपहरु मोबाइलमा डाउनलोड गराइदिएर पनि एप निर्माताबाट रकम असूली गर्दछन् । खासगरी किटक्याट, जेलीबीन तथा मार्समेलो अपरेटिंग सिस्टमवाला एन्ड्रोइड फोनमा यो भाइरसले बढि आक्रमण गर्ने गरेको छ ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्