Logo
१५ चैत्र २०८०, बिहीबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय राजदूतको दावीः “नेपालका ५ नाकामा भारतीय रेल”

Ra Newsपोखरा । नेपालका लागि भारतीय राजदूत रन्जित रे ले नेपालका ५ वटा नाकामा भारतले रेल सेवा सञ्चालनका लागि कार्ययोजना अगाडि बढाएको बताएका छन् ।

नेपाल भारत मैत्री संघले पोखरामा आयोजना गरेको नेपाल भारत पर्यटन विकास विषयक अन्तरक्रिया कार्याक्रमा नेपालका विभिन्न ५ वटा नाकामा रेलले जोड्ने बताए ।

उनले मालबाहकलाई पहिलो प्रथामिता दिँदै रेल सञ्चालन गर्ने बताए। ती स्थानमा यात्रुबाहक रेल पनि सञ्चालन गर्न सकेमा नेपालमा आउने पर्यटकका लागि सुविधा पुग्ने बताए ।

रे ले नेपाल भारतबीच भएको यातायात सम्झौता कार्यान्यन नहुदा नेपाल आउन चाहने पर्यटकहरु अप्ठेरोमा आउने गरेको बताए। उनले पोखरामा क्रिकेट मैदान बनाउन सके भारतीय पर्यटका लागि अर्को आकर्षण हुने बताए ।

उनले भारतीय चलचित्रलाई नेपालमा सुटिङ गर्न प्याकेजको व्यावस्था गर्न सके भारतीय पर्यटक बढ्ने बताए । कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सवारी सम्बन्धी सहमती कार्यान्यन गर्नु पर्ने, हवाइ उडानका लागि नयाँ एयर रुट प्रदान गर्न माग गरेका छन ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्