Logo
१५ चैत्र २०८०, बिहीबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षौअघि पानीमा डुबेको शहर अझै सुरक्षित !

Chinese-city-1

एजेन्सी । बिश्वमा एउटा यस्तो शहर छ जुन पानीमा डुबेको छ जसको नाम शी चेंग लायन सिटी । यो शहर ५३ वर्ष पहिले एउटा पोखरीमा डुबेको दाबी गरिएको छ जुन त्यही तालको किनारामा बसेको थियो ।

यो सिटीलाई आफ्नो कब्जामा लिने तालको नाम इरी ताल अर्थात क्विआण्डाओ हो । यो ताललाई मानिसहरुले नै बनाएका थिए तर यही तालले मानिसहरुलाई नै बिचल्लिमा पार्यो ।

यो शहर १३ सय वर्ष पुरानो बताइएको छ जुन पानीमुनी त छ तर पूर्ण रुपमा सुरक्षित । पानीमा डूबेका कारण यो शहरको सबै तस्बिर क्यामरामा कैद हुन सक्दैन किनभने चारैतिर अँध्यारो फैलिएको छ ।

शहर पाँच पहाडको बिचमा बसेको बताइएको छ । स्रोतका अनुसार, बिजुली घर बनाउनका लागि यहाँ कृत्रिम पोखरी निर्माण गरिएको थियो । यो पोखरी अहिले धनी मानिसहरुको लागि मनोरञ्जन गर्ने स्थल भएको छ । मानिसहरु आफ्नो निजी जहाज लिएर रमाइलो गर्न यहाँ पुग्ने गर्दछन् ।

चीनियाँ सरकारले सन् १९५९ मा यो पोखरी बनाएको थियो । बिजुली घर निर्माण गर्ने उद्देश्यसहित बनाएको यो पोखरीमा न त बिजुली घर छ न त यहाँ बस्ती निर्माण गर्न सकिएको छ ।

Chinese-city-8 (1)

Chinese-city-2

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्