Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश वर्षीय बालकको तौल १९२ किलोग्राम, विश्वको सबैभन्दा मोटा

BIchitra News  (1)

एजेन्सी ।  इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले जनाएको छ। १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ ।

आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्।  ‘पेर्माना जन्मदा ३.२ किलो मात्रै थियो ।

तर, दुई वर्षपछि अकस्मात रूपमा मोटो हुन थालेको थियो,’ उनकी आमाले भनिन्। हाल उनले हरेक दिन एक पटकमा माछा, मासु, सागसब्जी र भातसहित एक सामान्य मानिसले खाने खानाको दोब्बर खाने गरेका छन् र त्यो पनि एक दिनमा पाँच पटक खाने गरेका छन् ।

BIchitra News  (2)

BIchitra News  (3)

BIchitra News  (4)

BIchitra News  (5)

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्