Logo
८ बैशाख २०८१, शनिबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचम्मका परम्पराः खुल्ला ठाउँमा शव फाल्नेदेखि सँगै सुत्नेसम्म

NVM News Photo  (1)संसारमा थुप्रै किसिमका मानिसहरु बसोबास गर्दछन् । सबैको आफ्नै मूल्य, मान्यता र परम्परा हुन्छन् । यसमध्ये कुनै निकै सजिला हुन्छन् भने कुनै निकै कठिन ।

अझ कुनै त अचम्म लाग्दा पनि । यस्तै अचम्म लाग्दा परम्पराबारे हामी तपाईंलाई बताउँदै छौं । भारतको राज्य केरलमा ‘इगल ह्याङ्गिङ’ परम्परा कायम छ ।

मानिसहरुले काली मन्दिरमा गरुणजस्तै लुगा लगाएर आफूले आफैंलाई हुकमा झुण्डाउने गर्दछन् । यसो गर्नुपूर्व उनीहरु धेरै नाच्दछन् ।

NVM News Photo  (3)तिब्बत, किंगघई र मंगोलियामा अन्तिम संस्कारको लागि शवलाई काटेर खुल्ला आकाशमुनी गिद्धको लागि छोडिन्छ ।

यो परम्परा उनीहरुको लागि निकै साधारण हो ।

यसका लागि मृतकका आफन्तले सहयोग गर्दछन् ।

यसो गर्नाले मर्ने व्यक्तिले मोक्ष प्राप्त गर्छ भन्ने उनीहरुको विश्वास छ ।

NVM News Photo  (2)भारतको महाराष्ट्र, कर्नाटकसहित केही अन्य भागमा यो परम्परा विगत ५ सय वर्षदेखि चलिआएको हो ।

हुन त यो परम्परा अपनाउन खतरा छ तर पनि मानिसहरु यसो गर्न पछि हट्दैनन् ।

यसो गर्नाले बच्चाको भाग्य बलियो हुने त्यहाँका मानिसहरुको मान्यता छ ।

सबैको आफ्नै मूल्य, मान्यता र परम्परा हुन्छन् । यसमध्ये कुनै निकै सजिला हुन्छन् भने कुनै निकै कठिन ।

top-5-weird-rituals-5_146इन्डोनेसियामा एउटा यस्तो सम्प्रदाय छ जो मृत्युपश्चात पनि शवलाई आफूसँगै राख्छन् । यति मात्र होइन, उनीहरुलाई जिउँदो मानिसजस्तै खानासमेत खुवाइन्छ । इन्डोनेशियाको टोराज सम्प्रदायका मानिसहरु मृत्युपछि पनि जीवनलाई विश्वास गर्छन् ।

उनीहरुका लागि मरेका मानिसहरु पनि जिउँदा हुन्। उनीहरु मरेको मानिसलाई चिहानबाट निकालेर खाना खुवाउँछन् र उनीहरुसँगै समय बिताउँछन् । मृत्युपछि जीवनको अर्को चरण सुरु हुन्छ भन्ने उनीहरुको मान्यता छ ।

यो परम्परालाई इन्डोनेसियाको लाखौं मानिसहरुले मान्छन् । यो सम्प्रदायमा मरेका मानिसहरुको अन्येष्टि पनि भिन्न प्रकारले हुन्छ । एजेन्सी ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्