Logo
११ बैशाख २०८१, मंगलबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भर्ना भएका नयाँ जवानलाई जनावरको काँचो मासु खाने तालिम !

Talim Newsसुरक्षा निकायमा भर्ना भएका नयाँ जवानले आफ्नो जीवनमा धेरै जोखिमपूर्ण तालिम गर्नुपर्छ । जसका कारण उनीहरुमा आत्मबल बढ्नुका साथै सुरक्षा निकायलाई मजबुत बनाउने ज्ञान प्राप्त गर्दछन् ।

विभिन्न देशमा सेना, प्रहरीको जागिर खान जाने जवानहरुले कडा तालिम लिने गरेको हामीले सुनेका छौं । हाम्रै छिमेकी देश चीनमा भने प्रहरीका नयाँ जवानले जनावरको काँचो मासु खानुपर्ने तालिम लिनुपर्दछ ।

चीनको निंगशियामा रहेका प्रहरी फोर्सका जवानलाई नेतृत्व विकास तालिम दिइएको थियो । उक्त तालिकका क्रममा नयाँ जवानहरुलाई जनावरको काँचो मासु खाने अभ्यास गराइएको थियो ।

यो प्रहरीको ‘डेबिल विक’ को एक हिस्सा हो । सशस्त्र प्रहरीका लागि भने डेविल विक नर्क सावित हुने बताइएको छ । यस अवधिमा जवानहरुलाई प्रकृतिसँग लडाँइ गर्न सिकाइन्छ ।

यो तालिम हेलेन माउण्टेन नजिक हुने गरेको छ । यस अवधिमा जवानहरुले आफूलाई खानका लागि चाहिने खानाको लागि आफैं सिकार गर्नुपर्ने हुन्छ । एजेन्सी ।

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्