Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षासगै पहिरोले कयौं थुनिए, बिभिन्न सडक खण्ड अवरुद्ध

images

काठमाण्डौ । लगातारको बर्षापछि देशभरीमा बिभिन्न सडक खण्ड अवरुद्ध भएको छ । कहि उच्च पानीको बहाबका कारण सडक अवरुद्ध भएको छ भने कही पानी सगै आएको पहिरोका कारण सडक खण्ड अवरुद्ध भउको हो ।

यसैबीच, उत्तरी धादिङको री गाउँ विकास समिति–९ चेप्राङ गाउँमा वर्षापछि आएको पहिरोका कारण ६ घरका २२ जना गाउँमै थुनिएका छन् ।

धादिङ्ग प्रहरीका अनुसार बुधबार रातिको वर्षापछि गाउँमाथिबाट पहिरो आई चारैतर्फ जान नसकिने अवस्था आएपछि उनीहरु सङ्कटमा परेका हुन् ।

यता, विकटमा त्रिपालमुनि बसिरहेका सङ्कटमा परेको खबरपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी उनीहरुको उद्धार गर्ने जानकारी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले दिए पनि विहिबार अबेरसम्म उद्धार भएको छैन ।

घटनास्थल क्षेत्रको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी एक हेलिकप्टर लिएर गए पनि उनीहरुको उद्धार हुन नसकेको हो । त्रिपालमुनि बसिरहेका तामाङ समुदायका मानिस रातिको समयमा पहिरो आएपछि घर छाडेर सँगैको जङ्गलमा गएर बसेको र उद्धारको प्रतीक्षा गरिरहेको भए पनि पहिरो लडेको स्थानबाट उनीहरु भएको स्थानमा पुग्न कठिन परेकाले उद्धार हुन नसकेको टेलिफोनबाट आकाश तामाङले जानकारी दिए ।

घटना भएको सूचना पाएपछि प्रहरी घटनास्थलतर्फ पठाइसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ तर सो क्षेत्र टाढा भएकाले थप सूचना नआएको प्रहरीको भनाइ छ । #फाइल तस्विर

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्