Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिशेष स्कूल तथा पुनर्स्थापना केन्द्रलाई १ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग

लामा भाइ (इस्टमान वाइबा),  काठमाडौं । नेपाल तामाङ घेदुङ कुवेतले काठमाडौं पुरानो सिनामंगल स्थित बौदिक अपाङ्गता भएकाहरुको लागि बिशेष स्कूल तथा पुनर्स्थापना केन्द्रलाई कार्यालयमै पुगेर १ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। घेदुङ केन्द्रीय महासचिव बाबु घिसिङको रोहवरमा नेपाल तामाङ घेदुङ कुवेतका प्रमुख सल्लाहकार राम लामा र घेदुङ कुवेतका लामा गुरु तथा प्रबक्ता लामा भाइ साथै कलाकार मुन्न घलेले संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक सविता उप्रेतीलाई उक्त रकम हस्तान्तरण गरेको हो।
बौदिक अपाङ्गता तथा अटिजम भएका बालवालिकाहरुलाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा पुर्नस्थापना गराउने हेतुले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) एक गैर नाफामुलक सामाजिक संस्था २०६७ मा कार्यकारी निर्देशक सविता उप्रेतीको संस्थापनमा स्थापित भएको हो। उप्रेतीले २ जना अटिजम भएका बालवालिकाहरुबाट सुरुवात गरेको यस स्कूलमा २०७३ सम्म आइपुग्दा मौखिक तथा सांकेतिक सम्वादमा कठिनाई यस्ता बालवालिकाहरुको बिशेष हेरचाहका साथ तालिम दिलाएर र विभिन्न थेरापीहरु प्रदान गरेर ६० जना विद्यार्थीहरुलाई पुनर्स्थापना गराई साधारण बिधालयमा पठाई सकेको, भने ५५० भन्दा बढीलाई फिजियोथेरापी सेवा प्रदान गरिएको र हाल यस स्कुलमा ४५ जना अटिजम स्पेक्ट्रम डिस्अर्डर (ASD) विशेषता भएको बालबालिकाहरुलाई यस विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रबाट सेवा प्राप्त गरीरहेको उक्त स्कूलले जानकारी दिएको छ।
अटिजम भएका बालवालिकहरुलाई शिक्षा प्रदान गर्नका लागि उनीहरुमा भएका फरकफरक खालका समस्या र चुनौतीहरुको पहिचान गरेर तिनको समाधान गर्नका निम्ति स्थापित उक्त बिशेष स्कुललाई अहिले सम्म साउदी अरब, कतार, मलेसिया, दुबई इजरायल, कोरिया  लगायतका देशहरुमा रहेका नेपालीहरुले संस्थागत तथा ब्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आइरहेका छन्।
कुवेतबाट पनि गत बुद्ध जयन्तीको अवसरमा नेपाल तामाङ घेदुङ कुवेतद्धारा आयोजित बुद्ध जयन्ती कार्यक्रममा उपस्थित सबै ब्याक्तिहरुबाट संकलित रकम २२३ दिनार ४०० फिल्स नेपाली रुपैयाँ ८०००० र यसमा घेदुङ कुवेतका प्रमुख सल्लाहकार तथा कुवेतका लागि चर्चित समाजसेवी राम लामाले ब्यक्तिगत १४१ कुवेती दिनर नेपाली रुपैयाँ ५०,०००/- सहयोग गरी जम्मा १ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यस मानविय कार्यमा आर्थिक सहयोग गरिदिनुहुने सम्पुर्ण सहयोगीदाताहरु, घेदुङ कुवेत र राम लामालाई स्कुलले भावी दिनहरुमा पनि यसरी नै साथ सहयोग र हौसला प्रदान गरून् भन्दै मुरी मुरी धन्यवाद व्याक्त गरेको छ।
नेपाल सरकारको अहिले सम्म आँखा नगएको यस विशेष स्कूलमा अटिजम भएका बालवालिकाहरुलाई साधारण लेखपढ गर्न र कसैको सहयोग नलिई आफ्नो स्याहार आफै गर्न सक्ने बनाउनको लागि उनीहरुको क्षमताको बिकास गरी सामाजिक हक अधिकार सहित समाजमा पुनर्स्थापना गराउने उदेश्यले स्थापित यस संस्थाले १६ बर्ष उमेर पुगेका बौद्धिक अपांगता भएका किशोरीहरुलाई सिपमुलक तालिमद्धारा आत्मनिर्भर गराई समाजमा सहज पुनर्स्थापनाका लागि टेवा पुगोस् भन्ने हेतुले सिपमुलक तालिम संचालन गरिएको र सिपमुलक तालिम पश्चात रोजगारी समेत प्रदान गरी उत्पादित समानहरु बिक्री वितरण गरेर प्राप्त मुनाफाबाट संस्थाको बालहितका कार्यमा योगदान गरिदै आएको समेत कार्यकारी निर्देशक उप्रेतीले परदेशी खबरलाई बताउनु भएको छ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्