Logo
१२ बैशाख २०८१, बुधबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसाँस्कृतिक महासंघले लमजुङ्गमा ग¥यो संगठन बिस्तार

कास्की । नेकपा एमालेको साँस्कृतिक भातृ संगठन राष्ट्रिय जनसाँस्कृतिक महासंघले आफ्नो  नयाँ संगठन लमजुङ्गमा बिस्तार गरेको छ । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले बैन बहादुर सुयलको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले राजनैतिक क्रान्ति सकिए पनि आम संस्कृति अझै सामन्ती पाराको भएकाले देशले विकास गर्न नसकेको बताए । उनले अगाडी भने, “अब सँस्कृतिकर्मीहरुले देशलाई उत्पादनमुलक संस्कृति तर्फ उन्मुख गराउन भूमिका खेल्नुपर्ने भएको छ ।”
कार्यक्रममा नेकपा एमाले गण्डकीका सह ईञ्चार्ज मायानाथ अधिकारी, नेकपा एमाले लमजुङ्गका अध्यक्ष धनञ्जय दवाडी, महासंघका केन्द्रीय सदस्य तथा गण्डकी ईञ्चार्ज मनकुमार श्रेष्ठ, नेकपा एमाले लमजुङ्गका उपसचिव सुवास पौडेल लगायतले मन्तव्य राखेका थिए ।
निर्वाचित कमिटीको उपाध्यक्षमा पवित्रा थापा मगर र ओम भुजेल, सचिवमा वसन्त अधिकारी, सहसचिवमा तीर्थ गुरुङ्ग, कोषाध्यक्षमा सञ्जु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै कमिटिका सदस्यहरुमा विश्व विनोद घिमिरे, स्थिर घिमिरे कल्पना कार्की, सरिता घिमिरे, कला अधिकारी, भिष्मकान्त अधिकारी र सरोज विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यसै गरी सोही भेलाले वसन्त अधिकारीको अध्यक्षतामा पछि आठ सदस्यीय जनसाहित्यीक मञ्च समेत सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा अमृता पोख्रेल, सचिवमा भिष्मकान्त अधिकारी, सहसचिवमा देविदास बराल, कोषध्यक्षमा विश्व विनोद घिमिरे तथा सदस्यहरुमा सरिता घिमिरे, कला अधिकारी र इन्द्र बहादुर सुयल निर्वाचित भएका छन् ।
उता सोही भेलाले सञ्जु पौडेलको अध्यक्षतामा सात सदस्यीय जनसंगित मञ्च समेत सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा दल बहादुर मजाकोटी, सचिवमा सरोज विश्वकर्मा, सहसचिवमा अमृत परियार, कोषध्यक्षमा सविना परियार तथा सदस्यहरुमा जनक श्रेष्ठ र नविना रिमाल निर्वाचित भएका छन् । उता स्थिर घिमिरेको अध्यक्षतामा भुवनासे परियार उपाध्यक्ष, हिमाल मजाकोटी सचिव, बिमला परियार सहसचिव र विवेक त्रिपाठी कोषाध्यक्ष रहेको जननाट्य मञ्च समेत गठन भएको छ ।
कार्यक्रम अधिवेशन आयोजक कमिटिका संयोजक बैन बहादुर सुयलको अध्यक्षता र सचिव वसन्त अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कास्की जिल्लाको छ्रैठौं अधिवेशन शनिबार
यसै बीच महासंघ कै कास्की जिल्लाको छैठौं जिल्ला अधिवेशनको तयारी तिब्रगतिमा अगाडी बढिरहेको कास्की जिल्ला अधिवेशन आयोजक कमिटिका संयोजक लक्ष्मण गौतम हिमालीले बताए । जेठ २२ गते नेकपा एमाले जिल्ला पार्टी कार्यालय कास्कीमा सम्पन्न हुने उक्त सम्मलेनको आर्थिक भार जनसंगित मञ्च नेपालका केन्द्रीय  उपाध्यक्ष पद्मराज ढकालले जेठ ७ गते एकल साँझ सम्पन्न गरेर जुटाइएको हो ।
अधिवेशनकै तयारीको सन्दर्भमा महासंघ, कास्कीका घटकहरुले अधिवेशनको पूर्वसन्ध्यामा विविध कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । गत शुक्रबार ललितकला मञ्चको आयोजनामा माध्यामिक विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । २० जना प्रतियोगीहरुले भाग लिएको उक्त प्रतिगोगितामा कास्की मोर्डनाइज एकेडेमीका युकेश गुरुङ्गले प्रथम, हिलप्वाइन्ट उच्च माध्यामिक आवासिय विद्यालयका निकेश सुनारले द्वितिय, मदरल्याण्ड उच्च माध्यामिक विद्यालयका राजेन्द्र बहादुर शाह तृतिय र टप्स उच्च माध्यामिक विद्यालयका अनुसा नेपालीले सान्त्वना स्थान हाँसिल गरेका छन् । कार्यक्रम मञ्च, कास्कीका अध्यक्ष लोकप्रसाद गुरुङ्गको अध्यक्षता तथा सचिव सूर्य बराइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसै गरी अधिवेशनकै तयारीको सन्दर्भमा जनसाहित्यीक मञ्च, कास्कीले पनि खुल्ला कविता प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । २६ जना प्रतियोगीहरुले भाग लिएको उक्त प्रतिगोगितामा गोपाल खनालले प्रथम, विक्रम परियारले द्वितिय, स्नेहा खनाल तृतिय र ओम निर्दाेष र ले सान्त्वना स्थान हाँसिल गरेका छन् । कार्यक्रम मञ्च, कास्कीका अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षता तथा सचिव अर्जुन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
दुवै प्रतियोगिताका विजयीहरुलाई जिल्ला अधिवेशनमा नै पुरस्कार प्रदान गरिने महासंघ गण्डकीका सचिव सुवास मल्ले बताए । विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने जिल्ला अधिवेशनलाई महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्